५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार महावीर पुन वार्ता: आजै ५ बजे टाेली सहित पुन: छलफल हुने



अ+ अ-

काठमाडौँ । ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन’ नाम दिएर सडक आन्दोलनमा होमिनुभएका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा महावीर पुनसँग सरकारले वार्ता गरेको छ ।

आइतबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा उपप्रधानमन्त्री पूर्णबहादुर खड्का र मुख्यसचिव शंकरदास वैरागीसँग आफूहरुको मागका बारेमा छलफल गर्नका आइतबारै अपराह्न ५ बजेसम्म वार्ता टोली गठन गर्ने र वार्ता सुरु गर्ने भन्ने निर्णय भएको पुनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिनुभएको छ ।

आविष्कार केन्द्रका संस्थापक पुनले ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष’को कार्य अघि बढाउनु पर्ने तथा अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने नेपालीका लागि प्रत्येक वर्ष संघीय र प्रदेश सरकारले कम्तीमा १ प्रतिशत रकम छुट्याउनुपर्नेलगायतका माग राखेर आन्दोलन गरिरहनुभएको छ ।

गत २०७६ सालमा ल्याएको विज्ञान, प्रविधि तथा नवप्रवर्तन नीतिमा पनि कोष स्थापना गर्ने परिकल्पना गरिएको तथा त्यसमा १ अर्ब रुपैयाँ राखेर नवप्रवर्तन कोष सञ्चालन गरिने भनिए पनि सो बारेमा सरकारले कुनै काम कारबाही अघि नबढाए पछि आक्रोशित पुन आन्दोलनमा होमिनुभएको हो ।

माइतीघर मण्डलामा भइरहेको अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि जारी सामाजिक आन्दोलन र धर्ना कार्यक्रमप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०, चिकित्सा सुधार अभियन्यता डा गोविन्द केसीलगायतले ऐक्यबद्धता जनाइसकेका छन् ।