• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo
Latest
★   स्वयम्भूमा शान्तिका प्रतीक परेवा (फोटो फिचर) ★   सभामुख घिमिरेले पाँच दलका शीर्ष नेतासँग आज छलफल गर्दै ★   नेपालगञ्ज एकीकृत जाँच चौकी सञ्चालनमा ★   मध्यराति आइपुगे उपेन्द्र, आज संसदीय दलको बैठक, सरकारबाट बाहिरिने तयारी ★   क्रिस्टल प्यालेससँग म्यान्चेस्टर युनाइटेडको लज्जास्पद हार ★   सूर्यकुमारको शतकमा मुम्बईले हैदरावादलाई हरायो ★   मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा ★   सिधाकुरा प्रकरण: रामेश्वर, कैलाश सहित अन्यलाई सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश ★   मल्लकालीन तीन सय ४६ वर्ष पुरानो थन्थु दरबार पुनः निर्माण थालियो ★   ललितपुरको बाफल आगलागी: पाँच घाइते मध्ये दुईको निधन

बागलुङको शालिग्राम सङ्ग्रहालय अवलोकन गर्ने बढे



गलकोट । एकै पटक सवा एक लाख शालिग्राम दर्शन गर्न पाइने भएपछि यहाँको शालिग्राम सङ्ग्रहालयमा पर्यटकको सङ्ख्या बढेको छ ।

विश्वमै दुर्लभ मानिएको शालिग्राम शिलाको संरक्षण र प्रचारप्रसारका कारण बागलुङ नगरपालिका–४ कुडुँलेस्थित शालिग्राम सङ्ग्रहालयमा पर्यटक आउने क्रम बढ्दै गएको छ ।

तीन वर्षदेखि सर्वसाधारणलाई खुल्ला गरिएको भूमिगत शालिग्राम सङ्ग्रहालयमा पर्यटक बढेका हुन् । मुस्ताङको मुक्तिनाथदेखि म्याग्दी, बागलुङ र पर्वत भएर बहने कालिगण्डकी (कृष्णगण्डकी) नदीमा मात्र पाइने शालिग्राम शिलाको संरक्षणका लागि बागलुङ नगरपालिका–४ कुँडुलेमा रहेको तिरुपति बालाजी धाममा श्रीधराचार्य शालिग्राम सङ्ग्रहालय निर्माणपछि शालिग्राम दर्शनका लागि आउने पर्यटकको सङ्ख्यामा बढेको सङ्ग्रहालयका अध्यक्ष ऋषि प्रपन्नाचार्यले जानकारी दिनुभयो ।

“हिन्दूधर्मालम्बीका लागि कालो रङ्गको बाटुलो शिला (ढुङ्गा) शालिग्राम अति पुजनीय मानिन्छ, यसका लागि नेपालको पश्चिम कालीगण्डकी नदी प्रख्यात छ, वैष्णव र सनातनीहरुले शालिग्रामलाई साक्षात विष्णुको अवतारका रुपमा लिन्छन्”, प्रपन्नाचार्यले भन्नुभयो ।

शालिग्राम दर्शनका लागि पर्यटकहरु भारतसहित नेपालका विभिन्न स्थानबाट यहाँ आउने गरेका छन् । चैतयता विभिन्न विद्यालय, आमा समूह, सहकारी, स्थानीय तहका कर्मचारी, जनप्रतिनिधि तथा धर्मलम्बी पनि अवलोकन भ्रमणका आएको उहाँको भनाइ छ ।

अहिले औषतमा दैनिक एक सयदेखि दुई सयको हाराहारीमा पर्यटक गुफाभित्रको शालिग्राम दर्शनका लागि आएको अध्यक्ष प्रपन्नाचार्यले बताउनुभयो । शालिग्रामको महिमा बढाउनका लागि सङ्ग्रहालयले शालिग्राम महोत्सव, यससम्बन्धी प्रवचन गर्दै आएको छ ।

स्थानीय रामप्रसाद शर्माले सुरुमा सुरुङभित्र शालिग्राम सङ्ग्रहालय भन्दा धेरै मानिस झुक्किने गरे पनि अहिले शालिग्राम गुफा खोज्दै आउनेहरु बढेको बताउनुभयो । “शालिग्राम दर्शनका रु एक सयको टिकट काट्नुपर्छ । मुक्तिनाथ पुगेका भारतीय पर्यटक समेत शालिग्राम दर्शनका लागि बागलुङको बाटो भएर आउजाउ गर्न थालेका छन् । सङ्ग्रहालयका कारण कुडुँलेमा व्यापार तथा व्यवसायसमेत फष्टाएको छ ।

शालिग्राम शिलाको संरक्षणका लागि बागलुङमा सङ्ग्रह गरिएको हो । सङ्ग्रहालयको प्रवेशद्वार बाघको मुखको आकृति बनाइएको छ । भगवना शिवको अस्त्र त्रिशूल आकारमा भू–गर्भभित्र ७६ मिटर लामो सुरुङ निर्माण गरिएको छ । सङ्ग्रहालयमा तीन सय केजी तौलसम्मका शालिग्राम सङ्ग्रहित गरिएको छ । रासस