२३ जेष्ठ २०८३, शनिबार
,
Latest
पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङको शालिग्राम सङ्ग्रहालय अवलोकन गर्ने बढे



अ+ अ-

गलकोट । एकै पटक सवा एक लाख शालिग्राम दर्शन गर्न पाइने भएपछि यहाँको शालिग्राम सङ्ग्रहालयमा पर्यटकको सङ्ख्या बढेको छ ।

विश्वमै दुर्लभ मानिएको शालिग्राम शिलाको संरक्षण र प्रचारप्रसारका कारण बागलुङ नगरपालिका–४ कुडुँलेस्थित शालिग्राम सङ्ग्रहालयमा पर्यटक आउने क्रम बढ्दै गएको छ ।

तीन वर्षदेखि सर्वसाधारणलाई खुल्ला गरिएको भूमिगत शालिग्राम सङ्ग्रहालयमा पर्यटक बढेका हुन् । मुस्ताङको मुक्तिनाथदेखि म्याग्दी, बागलुङ र पर्वत भएर बहने कालिगण्डकी (कृष्णगण्डकी) नदीमा मात्र पाइने शालिग्राम शिलाको संरक्षणका लागि बागलुङ नगरपालिका–४ कुँडुलेमा रहेको तिरुपति बालाजी धाममा श्रीधराचार्य शालिग्राम सङ्ग्रहालय निर्माणपछि शालिग्राम दर्शनका लागि आउने पर्यटकको सङ्ख्यामा बढेको सङ्ग्रहालयका अध्यक्ष ऋषि प्रपन्नाचार्यले जानकारी दिनुभयो ।

“हिन्दूधर्मालम्बीका लागि कालो रङ्गको बाटुलो शिला (ढुङ्गा) शालिग्राम अति पुजनीय मानिन्छ, यसका लागि नेपालको पश्चिम कालीगण्डकी नदी प्रख्यात छ, वैष्णव र सनातनीहरुले शालिग्रामलाई साक्षात विष्णुको अवतारका रुपमा लिन्छन्”, प्रपन्नाचार्यले भन्नुभयो ।

शालिग्राम दर्शनका लागि पर्यटकहरु भारतसहित नेपालका विभिन्न स्थानबाट यहाँ आउने गरेका छन् । चैतयता विभिन्न विद्यालय, आमा समूह, सहकारी, स्थानीय तहका कर्मचारी, जनप्रतिनिधि तथा धर्मलम्बी पनि अवलोकन भ्रमणका आएको उहाँको भनाइ छ ।

अहिले औषतमा दैनिक एक सयदेखि दुई सयको हाराहारीमा पर्यटक गुफाभित्रको शालिग्राम दर्शनका लागि आएको अध्यक्ष प्रपन्नाचार्यले बताउनुभयो । शालिग्रामको महिमा बढाउनका लागि सङ्ग्रहालयले शालिग्राम महोत्सव, यससम्बन्धी प्रवचन गर्दै आएको छ ।

स्थानीय रामप्रसाद शर्माले सुरुमा सुरुङभित्र शालिग्राम सङ्ग्रहालय भन्दा धेरै मानिस झुक्किने गरे पनि अहिले शालिग्राम गुफा खोज्दै आउनेहरु बढेको बताउनुभयो । “शालिग्राम दर्शनका रु एक सयको टिकट काट्नुपर्छ । मुक्तिनाथ पुगेका भारतीय पर्यटक समेत शालिग्राम दर्शनका लागि बागलुङको बाटो भएर आउजाउ गर्न थालेका छन् । सङ्ग्रहालयका कारण कुडुँलेमा व्यापार तथा व्यवसायसमेत फष्टाएको छ ।

शालिग्राम शिलाको संरक्षणका लागि बागलुङमा सङ्ग्रह गरिएको हो । सङ्ग्रहालयको प्रवेशद्वार बाघको मुखको आकृति बनाइएको छ । भगवना शिवको अस्त्र त्रिशूल आकारमा भू–गर्भभित्र ७६ मिटर लामो सुरुङ निर्माण गरिएको छ । सङ्ग्रहालयमा तीन सय केजी तौलसम्मका शालिग्राम सङ्ग्रहित गरिएको छ । रासस