२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिल्ली र हैदरावादको खेल चलिरहँदा फ्यानहरुबीच हानाहान (भिडियो)



अ+ अ-

एजेन्सी । १६ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)लाई लिएर फ्यानमा निकै क्रेज छ । अहिलेसम्म लगभग सबै खेलमा रंगशाला खचाखच भरिएको छ । यी खेल र मनपर्ने खेलाडी हेर्नको लागि मानिसहरु कीर्तिमानी संख्यामा रंगशाला पुगेका छन् ।

तर, मनपर्ने टोली र खेलाडीलाई समर्थन गर्दा कहिलेकाहीँ खेलाडीहरूबीच झगडा हुने गरेको छ । सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक भएको छ, जसमा फ्यानहरूबीच निकै लात र मुक्का चलिरहेको छ ।

यो लडाई दिल्लीको अरुण जेटली स्टेडियम (पहिले फिरोज शाह कोटला)मा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद बीचको शनिबारको खेलमा भएको बताइएको छ ।

भिडियोमा केही फ्यानका हातमा दिल्ली क्यापिटल्सको झण्डा देखिएको थियो । झडपका क्रममा पाँचदेखि छ जना आपसमा झगडा गरेका थिए । यो झगडा के कारणले भयो भन्ने थाहा नभए पनि यसको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । पछि केही मानिसहरू आएर हस्तक्षेप गरेर मामिला शान्त गराए ।

खेलको बारेमा कुरा गर्दा डेभिड वार्नरको कप्तानीमा रहेको दिल्ली क्यापिटल्सले आइपिएलको १६ औं सिजनमा छैटौं हार बेहोरेको छ ।  दिल्ली शनिबार (२९ अप्रिल) घरेलु मैदान अरुण जेटली स्टेडियममा सनराइजर्स हैदरावादसँग ९ रनले पराजित भएको थियो । यो जितसँगै हैदरावादको टोलीले दिल्लीसँगको लगातार पाँच हारको क्रम तोडेको छ ।

http://