२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलको १००० औं खेलमा मुम्बई र राजस्थान भिड्दै



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज पनि दोहोरो हेडर खेल हुँदैछ । आजको दोस्रो खेल मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबीच मुम्बईको वानखेडे स्टेडियममा हुनेछ । खेल साँझ ७ः४५ बजे सुरु हुनेछ । सिजनमा पहिलो पटक दुवै टोली आमनेसामने हुँदैछन् ।

मुम्बई र राजस्थानबीचको खेल आईपीएलको इतिहासमा १००० औं खेल हुनेछ । मुम्बई आईपीएलको सबैभन्दा सफल टोली हो । यो टोलीले २०१३, २०१५, २०१७, २०१९ र २०२० गरी कुल पाँच पटक आईपीएल ट्रफी जितेको छ । यस्तै, राजस्थान आईपीएलको पहिलो सिजनको च्याम्पियन टोली हो । यस्तो अवस्थामा यी दुई ऐतिहासिक टोलीबीच १००० औं खेल हुन लागेको हो ।

मुम्बई इन्डियन्सले यो सिजन अहिलेसम्म सात खेल खेलेको छ । जसमा उसले तीन जित र चार खेलमा हार बेहोरेको छ । एमआई ६ अंकका साथ तालिकाको नवौं स्थानमा छ । राजस्थान विरुद्धको टोलीका ४ विदेशी खेलाडी क्यामरुन ग्रीन, टिम डेभिड, रिले मेरिडिथ र जेसन बेहरेनडर्फ हुन सक्छन् । यी बाहेक रोहित शर्मा, पियुष चावला र इशान किशन जस्ता खेलाडीले टोलीलाई बलियो बनाइरहेका छन् ।

राजस्थान रोयल्सले यो सिजन अहिलेसम्म आठ खेल खेलेको छ । जसमा उसले पाँच जित र तीन खेलमा हार बेहोरेको छ । पछिल्लो खेलमा राजस्थानले चेन्नईलाई हराएको थियो । आरआर १० अंकका साथ तालिकाको दोस्रो स्थानमा छ ।

मुम्बईविरुद्धको टोलीका ४ विदेशी खेलाडी शिमरोन हेटमायर, जोस बटलर, एडम जाम्पा र जेसन होल्डर हुन सक्छन् । यी बाहेक सञ्जु सामसन, यशस्वी जैसवाल र रविचन्द्रन अश्विन जस्ता खेलाडीले टोलीलाई बलियो बनाएका छन् ।

मुम्बई र राजस्थानबीच अहिलेसम्म कुल २७ खेल खेलिएको छ र यसमा मुम्बईको अग्रता छ । मुम्बईले अहिलेसम्म खेलेका १४ खेलमा जित निकालेको छ । अर्कोतर्फ राजस्थानले १२ खेल जितेको छ । एक खेल भने अनिर्णित रह्यो ।

वानखेडे पिच सधैं ब्याट्सम्यानका लागि सहयोगी रहँदै आएको छ । वानखेडे पिचमा बलरले राम्रो बाउन्स पाउँछन् । यहाँ घरेलु, आईपीएल वा अन्तर्राष्ट्रिय सबै खेलहरूमा रनहरू बन्ने गर्दछन् ।

आइतबार मुम्बईमा मौसम ठीक रहनेछ । बादल लाग्नेछ, पानी पर्ने सम्भावना धेरै छैन । तापक्रम २७ देखि ३३ डिग्री सेल्सियसको बीचमा रहनेछ ।

दुबै टिमका सम्भावित सुरुवाती–११
मुम्बई इन्डियन्सः रोहित शर्मा (कप्तान), इशान किशन (विकेटकिपर), क्यामरन ग्रीन, सूर्यकुमार यादव, टिम डेभिड, नेहल बडेरा, रिले मेरिडिथ, अर्जुन तेन्दुलकर, कुमार कार्तिकेय, पियुष चावला, जेसन बेहरेन्डर्फ ।

राजस्थान रोयल्सः सञ्जु सामसन (कप्तार र विकेटकिपर) जोस बटलर, यशस्वी जैसवाल, देवदत्त पडिक्कल, शिमरोन हेटमायर, रविचन्द्रन अश्विन, ध्रुव जुरेल, एडम जाम्पा, युजवेन्द्र चहल, सन्दीप शर्मा र जेसन होल्डर ।