२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

५० वर्षअघि चोरी भएका १२ सय वर्ष पुराना मूर्ति नेपाल फर्काइयो



तस्बिरः नेपाली महावाणिज्य दूत ऋषि ढकालको फेसबुकबाट
अ+ अ-

काठमाडौँ । पचास वर्षभन्दा अघि नेपालबाट चोरी गरेर अमेरिका पुर्याइएका प्राचीन मूर्तिहरू नेपाल फिर्ता ल्याइएको छ । अमेरिका पुर्‍याइएका ८औँ र १०औँ शताब्दीका दुई मूर्ति नेपाल फिर्ता ल्याइएको हो ।

क्यालिफोर्नियास्थित नेपाली महावाणिज्यदूत ऋषि ढकालमार्फत अमेरिकीहरुले नेपालका ती ऐतिहासिक मूर्तिहरु हस्तान्तरण गरेको वासिङ्टनस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार बुंगमतीको मछिन्द्र बहालमा रहेको ८औँ शताब्दीको बुद्धको ढुंगाले बनेको मूर्ति र पाटनको इटुम बहालमा रहेको ४२ इन्च अग्लो १० औं शताब्दीको नृत्यादेवीको काठको मूर्ति नेपालबाट चोरी भएका थिए ।

दूतावासले ती मूर्ति थुप्रै व्यक्ति हुँदै अन्तिममा पुरातात्विक सम्पदाहरूको संकलन गर्ने व्यक्तिसम्म पुगेको र उनीबाट फिर्ता पाउन सकिएको जनाएको छ ।

सन् १९७० मा नृत्यादेवी र बुद्धको दुवै मूर्ति चोरी भएको उल्लेख गरिएको छ । ८ औँ शताब्दीको बुद्ध मूर्ति क्यालिफोर्नियाको हलिउड, बेभर्लीहिल निवासी हलिउड फिल्म निर्माता माइकल फिलिप्सले नेपाली महावाणिज्यदूत ऋषि ढकाललाई १८ दिनअघि अप्रिल १२ मा हस्तान्तरण गरेको दूतावासले जनाएको छ ।

निर्माता माइकल फिलिप्सलाई मूर्ति फिर्ता गरेको भन्दै दूतावासले धन्यवाद ज्ञापन गरेको छ । त्यसैगरी मूर्ति फिर्ताको लागि पहल गरेकोमा महावाणिज्यदूत ढकाललाई पनि नेपाली दूतावासले धन्यवाद दिएको छ ।