२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता

सरस्वतीनगर हत्याः लुटपाटको उद्देश्यले निराको हत्या भएको प्रहरीको प्रारम्भिक निष्कर्ष

सरस्वतीनगर हत्याः लुटपाटको उद्देश्यले निराको हत्या भएको प्रहरीको प्रारम्भिक निष्कर्ष
अ अ+ अ-

काठमाडौं। काठमाडौंको सरस्वतीनगरमा १० दिनअघि भएको निरा आचार्यको हत्या दुर्घटनावश भएको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ। कपनस्थित सरस्वतीनगरमा भाँडा पसल गर्दै आएकी निरा सख्त घाइते अवस्थामा भेटिएकी थिइन्। उनको त्यही दिन उपचारका क्रममा मृत्यु भएको थियो।

निराको हत्या आरोपमा प्रहरीले विनोद विश्वकर्मालाई पक्राउ गरेको छ। उनलाई झापाबाट काठमाडौं ल्याइँदै छ। निराको हत्यापछि लुटिएको सुनको सिक्री बानेश्वरको एक पसल भेटिएको प्रहरीले बताएको छ ।

प्रहरीले प्रारम्भिक अनुसन्धानमा लुटपाटको उद्देश्यले ‘दुर्घटनावश’ उनको हत्या भएको देखिएको छ । लुटिएको सुन भेटिएकाले लुटपाट नै हो की भन्ने आशंका रहेको घटनाको अनुसन्धानमा खटिएका एक अधिकारीले बताए ।

हत्या आरोपमा पक्राउ परेका विनोदले सोधपुछमा हत्या स्वीकार गरेका प्रहरीले जनाएको छ । विनोदले आफू डिप्रेसनको बिरामी भएको र बाटामा हिँड्दै गर्दा पसलमा एक्लै देखेकाले लुट्न खोज्दा दुर्घटनावस उक्त घटना भएको बताएका छन्। विनोदले प्रहरीसँग भनेका छन्,‘त्यहाँ झगडा पनि भएको थियो। त्यसपछि म चक्कु प्रहार गरेर निस्किएको हुँ । ’

साथीहरूको कोठामा दुई सातादेखि बस्दै आएका विनोदले प्रहार गरेका चक्कु टीकाथलीस्थित खोलामा फ्याँकेको बयान दिएका छन्।

यसरी भएको थियो घटना
बागलुङ घर भएकी नीरा झन्डै दशकदेखि सरस्वतीनगरमा भाँडा पसल गर्दै आएकी थिईन । त्यस दिन उनी पसलमा एक्लै थिईन । भाँडा पसलको पछाडि अलि भित्र काउन्टर छ । प्रायः पसलमा ग्राहक नआएका बेला उनी त्यतै बस्थिन । यही बेला नै एकान्तको छेको पारेर उनीमाथि आक्रमण भएको थियो ।

पसलको अघिल्लो भागमा छिमेकीले देख्ने भएकाले भित्र गएका बेला पारेर नै आक्रमण भएको प्रहरीको अनुमान छ । काउन्टर पछाडि भएकाले वरपरसमेत घटनाबारे थाहा हुन सकेन । दर्दनाक हत्याको कसैले सुइँको समेत पाएनन् ।

प्रहरीका अनुसार त्यस समय एकजना चिनजानकै महिला भाँडा किनेको उधारो तिर्न भाँडा पसलमा आएकी थिईन। पसलमा नीरालाई नदेखेसि उनका श्रीमान्लाई फोन गरेर कोही छैन दोकानमा भनेर सोधिन् । श्रीमान्ले पछाडि काउन्टर छ, त्यतैतिर होलिन् भित्र गएर हेर्नु न भन्ने जवाफ दिए । भित्र काउन्टर नजिक गएर हेर्दा एउटा बोरा देखियो । अलि नजिक गएर हेर्दा रक्ताम्मे अवस्थामा नीरा ढलिरहेकी देखेपछि अत्तालिएर उनले प्रहरीलाई खबर गरिन् ।

प्रहरीका अनुसार नीराको शरीरमा धारिलो हतियार (चक्कु)ले विभिन्न ठाउँमा घोचेको, ठाउँठाउँमा छियाछिया हुने गरी काटेको, हातमा कोपिएको बताएको छ । उनले प्रतिकार गर्न खोजेकोसमेत देखिएको अनुसन्धानमा खटिएका प्रहरी बताए।

यसअघिका चक्कु प्रहार भएका घटनामा सिधै घाँटीमा हान्ने, वा अन्य संवेदनशील अङ्गमा पुग्ने गरी धारिलो हतियार प्रहार भएका पाइएका थिए । तर नीराको हत्या फरक प्रकृतिले गरिएको पाईएको छ। ठाउँठाउँमा चक्कु हानेर तड्पाएर हत्या गरिएको जस्तो देखिएको छ । रगत बढी आउने ठाउँ खोजेर चक्कु हानिएको छ ।

प्रहरीको प्राविधिक अनुसन्धानमा दिउँसो २ बजेर ४४ मिनेटमा मास्क लगाएका र पछाडि झोला भिरेका एक व्यक्ती उनको पसलमा छिरेको देखिएको थियो।

ती व्यक्ती २ बजेर ५६ मिनेटमा त्यहाँबाट निस्किएका थिए। सीसीटीभीका आधारमा संलग्न व्यक्तिको तस्बिर पाएपनि उनको भने पहिचान खुल्न सकेको थिएन। प्रहरीका अनुसार ती व्यक्ती त्यहाँबाट पैदलै गोपीकृष्ण हलनजिकै पुगेका थिए र त्यहाँबाट उनी टेम्पो चढेर चाबहिलसम्म पुगेका थिए।

चाबहिलबाट इनड्राइभ (मोटरसाइकल) बाट अफलाइन जडिबुटीसम्म गएका थिए। प्रहरीलाई इनड्राइभ चलाउने व्यक्तिलाई पक्राउ गरेर बयान लिएपनि उनले कसलाई लिएर गएका थिए भन्ने पहिचान खुल्न सकेको थिएन।

नीराले घटना हुने केही घण्टा अघि आफ्नो पसलमा लामखुट्टे धपाउने ब्याट आएको प्रचार गर्न बनाएको भिडियो राखेकी थिईन । आफ्नै व्यवसायमा तल्लीन नीरालाई केही घण्टामै आफ्नो जीवन समाप्त हुँदैछ भन्ने के थाहा । त्यस दिन ठीक ११ः२१ बजेको समयमा नीराले फेसबुकमा ‘लामखुट्टे तथा किरा धपाउने ब्याट चाहिएमा हामीलाई सम्पर्क गर्नुहोला’ शीर्षक राखेर टिकटकको भिडियो राखेकी थिईन ।