९ असार २०८३, मंगलवार
,
Latest
हामी हरेक धक्काबाट उठेका छौँ, फेरि उठ्छौँ : महासचिव पोखरेल रास्वपा महाधिवेशनः आजैबाट निर्वाचन प्रक्रिया सुरु हुने महाधिवेशनमा सबैलाई प्रतिस्पर्धाको अवसर, विवेकका आधारमा नेतृत्व छान्न सभापति लामिछानेको आग्रह चितवनमा रास्वपाको बन्द सत्र सुरु नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो रास्वपा महाधिवेशनमा प्रतिनिधि शुल्क नलिने निर्णय, बुझाएको रकम फिर्ता लिन सकिने समस्याग्रस्त बाघ व्यवस्थापन गर्न ‘टाइगर सेन्चुरी’ योजना मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सोलार प्यानल’मा समस्या आएपछि दगाममा खानेपानी अभाव



अ+ अ-

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ मा सञ्चालित खानेपानी आयोजनाको ‘सोलार प्यानल’मा समस्या आएपछि दगाममा खानेपानीको अभाव भएको छ । अहिले स्थानीयवासीले पँधेराको पानी प्रयोग गर्न बाध्य भएका छन् ।

दगाम स्थानथोक भुजिकोट खानेपानी आयोजनाको सोलारमा समस्या देखिएपछि दगाममा खानेपानीको अभाव भएको स्थानीय नन्दु थापामगरले बताइन् । “दुई हप्तादेखि सोलारमा समस्या आएको छ, एकपटक मर्मत गर्यो पुनः बिग्रिन्छ”, उनले भनिन्, “सोलारमा समस्या आएपछि पर्याप्त पानी आएको छैन ।”

सोलारमा समस्या आउँदा घर–घरमा वितरण गरिएको धाराबाट पर्याप्त पानी आएको छैन । यसका कारण स्थानीयवासी पँधेरामा पुगेर डोकोमा बोकेर पानी ल्याउन बाध्य छन् । उनका अनुसार स्थानीयवासी घरबाट आधा घन्टाको दूरीमा रहेको पँधेराबाट पानी ल्याउन बाध्य छन् । “पानी पर्याप्त नआएका कारण बिहानै उठेर पँधेरामा पुगेर पानी ल्याउनुपर्ने बाध्यता छ”, उनले भनिन्, “उक्त पँधेरा धेरै वर्ष पुरानो हो, खानेपानी योजना बन्नुभन्दा पहिला यहाँका स्थानीयले त्यहीँको पानी उपभोग गर्दथे ।”

स्थानीय कमला थापाका अनुसार पानीको अभाव भएपछि बिहानै उठेर पँधेरामा गएर पानी ल्याउनुपर्ने बाध्यता छ । खानेपानी योजना सम्पन्न भएपछि पानीको दुःख हटे पनि अहिले सोलारमा समस्या आउँदा सास्ती भएको उनको गुनासो छ । दगाममा ४१ घरधुरी छ । अहिले सबै घरमा खानेपानी योजनाबाट पर्याप्त पानी आएको छैन ।

“सोलार प्यानलका बारेमा हामीहरूलाई पनि धेरै ज्ञान छैन, बिग्रिएको बेला प्राविधिक आएर बनाइदिन्छन्, केही समयपछि फेरि बिग्रिन्छ”, उनले भनिन् । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको कोत्रेबजारबाट सात किलोमिटर दूरीमा दगाम गाउँ छ । यो गाउँ मह उत्पादनका लागि पनि प्रख्यात छ । यहाँका स्थानीयवासी घरबास सञ्चालनमा समेत लागेका छन् ।