• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

बार्सिलोनाको सहज जित



एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले सहज जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई ४–० गोलले पराजित गरेको हो ।

बार्सिलोनालाई फराकिलो जित दिलाउन एन्ड्रीस क्रिस्टेन्सेन, रोबर्ट लेवान्डोस्की र राफिन्हाले एक–एक गोल गरे । एक गोल भने बार्सिलोनाले उपहारस्वरुप पाएको थियो । खेलको ८२ औं मिनेटमा बेटिसका गुइडो रोड्रीग्वेजले आत्मघाती गोल गरेका थिए ।

खेलको ३३ औं मिनेटमा इडगार गोन्जालेजले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बेटिस १० खेलाडीमा समेटिएको थियो ।

यो नतिजासँगै बार्सिलोना ३२ खेलबाट ७९ अंकका साथ तालिकाको शीर्षस्थानमा यथावत छ । बेटिस समान खेलबाट ४९ अंकका साथ छैटौं स्थानमा छ ।