८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

दाजुका लागि देश छोडे, शक्तिशाली शतक बनाएर गरे ठूलो उपलब्धि

दाजुका लागि देश छोडे, शक्तिशाली शतक बनाएर गरे ठूलो उपलब्धि
अ+ अ-

एजेन्सी । इटालियन टोली टी–२० विश्वकप २०२६ छनोटका लागि एक कदम अगाडि बढेको छ । इटालियन टोलीले आइतबार रोमानियासँग कठिन खेल खेलेको छ, जसमा अस्ट्रेलियाका पूर्व ओपनर जो बर्न्सले अविजित शतक बनाएर चर्चा कमाएका छन् ।

३४ वर्षको उमेरमा जो बर्न्सले इटालीको प्रतिनिधित्व गर्ने मौका पाए र उनले १०८ रनको अविजित शतक बनाए । उनी इटालीका लागि टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडी पनि बने ।

वास्तवमा, अष्ट्रेलियाका पूर्व ओपनर जो बर्न्सले अस्ट्रेलियासँगको सम्बन्ध तोडेर इटालीको टोलीबाट खेल्ने निर्णय गरे । स्वर्गीय ओउई डोमिनिक बर्न्सलाई श्रद्धाञ्जली दिन उनले यो ठूलो कदम चालेका हुन् । डोमिनिकको यही वर्षको फेब्रुअरीमा मृत्यु भएको थियो । जसका कारण उनले दाइको लागि देश छोडेर इटालीबाट खेल्ने निर्णय गरे ।

आफ्नो दाई डोमिनिकको जर्सी नम्बर ८५ लगाएर, उनले आईसीसी पुरुष टी२०विश्वकप उपक्षेत्रीय युरोप क्वालिफायर समूह-ए खेलमा रोमानिया विरुद्ध शानदार शतकीय पारी खेले ।

जो बर्न्स शतक बनाएपछि विशेष क्लबमा प्रवेश गरे । उनी अन्तर्राष्ट्रिय क्रिकेटमा दुई फरक देशका लागि शतक प्रहार गर्ने छैटौं खेलाडी बनेका छन् । योसँगै, इटालीका लागि टी२० अन्तर्राष्ट्रियमा सबैभन्दा धेरै रन (१०८ नटआउट) बनाएर, जो बर्न्सले मार्कस क्याम्पोपियानोलाई पछि पारे, जसले सन् २०२२ मा स्पेनविरुद्ध ८७ रनको अविजित इनिङ खेलेका थिए ।

योसँगै जो बर्न्सले टी–२० अन्तर्राष्ट्रियमा एक पारीमा सर्वाधिक चौका र छक्का प्रहार गर्ने कीर्तिमान पनि तोडे । रोमानियाविरुद्धको खेलमा जो बर्न्सले कुल १२ चौका र ४ छक्का प्रहार गरेका थिए । यस समयमा उनले ग्रान्ट स्टीवर्टलाई पनि पछाडि छोडे ।