५ पुष २०८२, शनिबार
,
Latest
बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाजुका लागि देश छोडे, शक्तिशाली शतक बनाएर गरे ठूलो उपलब्धि



अ+ अ-

एजेन्सी । इटालियन टोली टी–२० विश्वकप २०२६ छनोटका लागि एक कदम अगाडि बढेको छ । इटालियन टोलीले आइतबार रोमानियासँग कठिन खेल खेलेको छ, जसमा अस्ट्रेलियाका पूर्व ओपनर जो बर्न्सले अविजित शतक बनाएर चर्चा कमाएका छन् ।

३४ वर्षको उमेरमा जो बर्न्सले इटालीको प्रतिनिधित्व गर्ने मौका पाए र उनले १०८ रनको अविजित शतक बनाए । उनी इटालीका लागि टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडी पनि बने ।

वास्तवमा, अष्ट्रेलियाका पूर्व ओपनर जो बर्न्सले अस्ट्रेलियासँगको सम्बन्ध तोडेर इटालीको टोलीबाट खेल्ने निर्णय गरे । स्वर्गीय ओउई डोमिनिक बर्न्सलाई श्रद्धाञ्जली दिन उनले यो ठूलो कदम चालेका हुन् । डोमिनिकको यही वर्षको फेब्रुअरीमा मृत्यु भएको थियो । जसका कारण उनले दाइको लागि देश छोडेर इटालीबाट खेल्ने निर्णय गरे ।

आफ्नो दाई डोमिनिकको जर्सी नम्बर ८५ लगाएर, उनले आईसीसी पुरुष टी२०विश्वकप उपक्षेत्रीय युरोप क्वालिफायर समूह-ए खेलमा रोमानिया विरुद्ध शानदार शतकीय पारी खेले ।

जो बर्न्स शतक बनाएपछि विशेष क्लबमा प्रवेश गरे । उनी अन्तर्राष्ट्रिय क्रिकेटमा दुई फरक देशका लागि शतक प्रहार गर्ने छैटौं खेलाडी बनेका छन् । योसँगै, इटालीका लागि टी२० अन्तर्राष्ट्रियमा सबैभन्दा धेरै रन (१०८ नटआउट) बनाएर, जो बर्न्सले मार्कस क्याम्पोपियानोलाई पछि पारे, जसले सन् २०२२ मा स्पेनविरुद्ध ८७ रनको अविजित इनिङ खेलेका थिए ।

योसँगै जो बर्न्सले टी–२० अन्तर्राष्ट्रियमा एक पारीमा सर्वाधिक चौका र छक्का प्रहार गर्ने कीर्तिमान पनि तोडे । रोमानियाविरुद्धको खेलमा जो बर्न्सले कुल १२ चौका र ४ छक्का प्रहार गरेका थिए । यस समयमा उनले ग्रान्ट स्टीवर्टलाई पनि पछाडि छोडे ।