२० मंसिर २०८२, शनिबार
,
Latest
महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षाको कारणले खेल रद्द भए नेपाल सिधै फाइनलमा पुग्ने



अ+ अ-

काठमाडौं । एसिसी प्रिमियर कपको नेपाल र कुवेतबिचको सेमिफाइनल खेल वर्षाको कारण रोकिएको छ । जितको लागि २ सय ८२ रनको विशाल विजयी लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाउँदा भारी वर्षा हुँदा खेल रोकिएको हो ।

यस खेल वर्षाको कारण रद्द भएपनि नेपाल फाइनलमा पुग्ने भएको छ ।

खेलको लागि ५ः २४ सम्ममा कट अफ टाइम तोकिएको छ । सो समयमा खेल सकि सक्नु पर्नेहुन्छ । डकवर्थ लेविस पद्धति ( डिएलएस) को आधारमा पनि नजिता निकाल्न अझै १२ ओभर खेल्नुपर्ने हुन्छ। तर टियुमा भारी वर्षा सुरु भएसँगै खेल अन्योलमा परेको छ ।

साढे चार बजेसम्म खेल सुरु नभएमा बाँकी १२ ओभर खेल हुने सम्भावना देखिदैन । खेल हुन नसकेमा सुपर हुनुपर्छ । सुपर ओभर पनि पाँच बजेभित्र हुन सकेन भने नेपाल समूह विजेता भएकोले सिधै फाइनलमा पुग्नेछ । टियुमा भारी वर्षा हुँदा खेल हुने सम्भावना कम देखिन्छ । त्यसैले नेपाल फाइनलमा पुग्ने उच्च सम्भावना रहेको छ ।

नेपाललाई तीव्र गतिका बलर करण केसीले पहिलो ओभरको पाँचौं बलमा पहिलो सफलता दिलाएका थिए । ओपनर आदनान इद्रिस एज लागेर विकेटकिपर आसिफ शेखबाट क्याच आउट भए । दोस्रो ओभरको तेस्रो बलमा सोमपाल कामीले अर्का ओपनर परविन्दर कुमारलाई एक रनमा एलबीडब्लू आउट गरे । करण केसीको तेस्रो ओभरको चौथो बलमा मिडअनमा ललित नारायण राजवंशीले एक हातले उत्कृष्ट क्याच लिएपछि कुवेत ११–३ को दयनीय अवस्थामा पुगेको थियो ।

करण केसीले ४.३ ओभरमा १ मेडनसहित १० रन खर्चेर ५ विकेट लिएका छन् । उनले पाँचौं ओभरको पाँचौं बलमा ओपनर रविजा सनदरुवान डीप स्क्वायर लेगमा दीपेन्द्रसिंह ऐरीबाट ९ रनमा क्याच आउट गराए । करणले नै शिराज खानलाई ३ रनमा क्याच गराएपछि कुवेत ६.३ ओभरमा २२-५ को दयनीय अवस्थामा पुगेको थियो । कप्तान मोहम्मद अस्लामलाई १४ रनमा क्याच गराउँदै करणले ब्यक्तिगत पाँच विकेट पूरा गरेका छन् ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४२ ओभरमा ९ विकेट गुमाउँदै २ सय ८१ रन बनाएको थियो । वर्षाको कारण ओभर ८–८ घटाइएको थियो ।