२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप २७४५ जनामा संक्रमण, ४१ को मृत्यु



अ+ अ-

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २७४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएका हुन् । 

यस्तै पछिल्लो २४ घण्टामा ४१८७ संक्रमित निको भएका छन् । मंगलबार कोरोनाबाट मृत्यु हुनेको संख्या ४१  रहेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ४४९ जनाको पिसिआर र ५ हजार ८४१ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । 

नेपालमा हालसम्म पिसिआर परीक्षणबाट ६ लाख १२ हजार २०२ जनामा र एन्टिजेन परीक्षणबाट २२ हजार ४०३ जनामा कोरोना संक्रमण पाइएको छ ।

त्यसमध्ये ५ लाख ४० हजार ४३९ संक्रमित निको भएका छन् । यस्तै कोरोनाबाट हालसम्म ८ हजार ५०६ जनाको मृत्यु भएको छ ।