२२ असार २०८३, सोमबार
,
Latest
प्रतिनिधिसभाः बाध्यकारी श्रम महासन्धिको प्रोटोकलमाथि छलफल मल वितरणमा सरकारी संयन्त्र चुस्तः १९ दिनमै साढे ४० हजार मेट्रिकटन आपूर्ति मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य निजगढलाई वैकल्पिक अन्तरराष्ट्रिय विमानस्थलका रूपमा अगाडि बढाइन्छ : मन्त्री पौडेल नेपाल स्टक एक्सचेन्जका सीईओको राजीनामा स्वीकृत ऋतु खनाल प्रकरणमा गृहमन्त्री गुरुङको प्रतिबद्धता : दोषीलाई कानुनअनुसार कारबाही हुने धनुषामा लालपुर्जा हात परेपछि ३२८ परिवारमा उत्साह ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पिडितले पाए रकम नृत्यदेवी र पद्मपाणि लोकेश्वरको प्राचीन मूर्ति नेपाल फिर्ता बाँकेमा तीन चक्ला वन, काठ उत्पादन बढ्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप २७४५ जनामा संक्रमण, ४१ को मृत्यु



अ+ अ-

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २७४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएका हुन् । 

यस्तै पछिल्लो २४ घण्टामा ४१८७ संक्रमित निको भएका छन् । मंगलबार कोरोनाबाट मृत्यु हुनेको संख्या ४१  रहेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ४४९ जनाको पिसिआर र ५ हजार ८४१ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । 

नेपालमा हालसम्म पिसिआर परीक्षणबाट ६ लाख १२ हजार २०२ जनामा र एन्टिजेन परीक्षणबाट २२ हजार ४०३ जनामा कोरोना संक्रमण पाइएको छ ।

त्यसमध्ये ५ लाख ४० हजार ४३९ संक्रमित निको भएका छन् । यस्तै कोरोनाबाट हालसम्म ८ हजार ५०६ जनाको मृत्यु भएको छ ।