२० मंसिर २०८२, शनिबार
,
Latest
यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलः लखनउलाई पन्जाबको चुनौति



अ+ अ-

काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपीएल) मा आज पञ्जाब किंग्स र लखनउ सुपर जायन्ट्स भिड्दैछन् ।

पन्जाबको घरेलु बिन्द्रा क्रिकेट स्टेडियम मोहालीमा हुने खेल नेपाली समयअनुसार बेलुका ७ः४५ बजेबाट सुरु हुनेछ ।

आज पन्जाब र लखनउ दुबैले यस सिजनको आठौ खेल खेल्दैछन् । पन्जाबले लिगको सुरुआत राम्रो गरेपनि पछिल्ला केही खेलमा निराशाजनक नतिजा हात पारेको छ । पन्जाब सात खेलमा चार जित र तीन हारका साथ छैटौं स्थानमा रहेको छ । आजको खेल जितेर पन्जाब पुनः परानै लयमा फर्कन चाहन्छ ।

लखनउ पनि यस खेलमा जित हात पारी शीर्ष स्थानको लागि दावेदारी पेश गर्न चाहन्छ । लखनउ सात खेलमा चार जित र तीन हारका साथ अंक तालिकाको चौथो स्थानमा रहेको छ ।

पञ्जाब किंग्सले आफ्नो अन्तिम खेलमा मुम्बई इन्डियन्ससँग १३ रनले हार बेहोरेको थियो। पञ्जाब किंग्सका लागि हरप्रीत सिंह र साम कुरानले क्रमशः ४१ रन र ५५ रन बनाएका थिए।

अर्कोतर्फ, लखनउ सुपर जायन्ट्स पनि आफ्नो अन्तिम खेलमा गुजरात टाइटन्ससँग ७ रनले पराजित भएको थियो । कप्तान केएल राहुलले ६८ रन बनाएपनि आफ्नो टिमको पोल्टामा जित पार्न सकेनन् ।

यी दुई टोलीले आईपीएलको इतिहासमा अहिलेसम्म एकअर्काविरुद्ध २ खेल खेलेका छन् जसमा पञ्जाब किंग्स र लखनउ सुपर जायन्ट्सले एक–एक खेल जितेका छन् । यस सिजनमा उनीहरूले पछिल्लो पटक एकअर्कासँग खेलेका पञ्जाब किंग्सले लखनऊ सुपर जाइन्ट्सलाई २ विकेटले पराजित गरेको थियो।