२२ मंसिर २०८२, सोमबार
,
Latest
ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र प्रधानमन्त्री कार्की भेट्न दुर्गा प्रसाईं सिंहदरबारमा देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ: गृहमन्त्री अर्याल अर्थमन्त्रीबाट निर्माणाधिन जालपादेवी केवलकारको अवलोकन सामान्य अंकले घट्यो नेप्से राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान क्रान्तिकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ अण्डाको मूल्य हालसम्मकै उच्च
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्थिक संकटको बेला अपारदर्शी ढंगले अयोग्य लडाकुलाई राहत दिनु अस्वभाविकः प्रदिप पौडेल



अ+ अ-

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद प्रदिप पौडेलले माओवादी अयोग्य लडाकुलाई २÷२ लाखका दरले राहत दिने सरकारको निर्णयप्रति आपत्ति जनाउनु भएको छ ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले आर्थिक संकट बेला सरकारले संसद छलेर सो निर्णय गरेको भन्दै आपत्ति जनाउनु भएको हो । सांसद पौडेलले यसबारे संसदलाई तत्काल जानकारी गराउन पनि सरकारसँग माग गर्नु भयो ।

उहाँले भन्नु भयो, ‘अयोग्य लडाकुलाई २/२ लाख रुपैयाँ निर्णय भएको भन्ने कुरा विभिन्न माध्यामबाट बाहिर आईरहेको छ । यस्तो आर्थिक संकटको बेलामा यो निर्णय अपारदर्शी ढंगले संसदलाई छलेर गर्नु स्वभाविक होइन । त्यसकारण म सर्वप्रथम सभामुखमार्फत् सरकारलाई माग गर्न चाहन्छु–यो विषयमा के भएको हो ?यथार्थ जानकारी सदनलाई गराईयोस् ।’

सांसद पौडेलले आर्थिक संकटमा सरकारले अपारदर्शी ढंगले बजेट खर्च गर्न नमिल्ने पनि बताउनु भयो ।