२२ असार २०८३, सोमबार
,
Latest
प्रतिनिधिसभाः बाध्यकारी श्रम महासन्धिको प्रोटोकलमाथि छलफल मल वितरणमा सरकारी संयन्त्र चुस्तः १९ दिनमै साढे ४० हजार मेट्रिकटन आपूर्ति मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य निजगढलाई वैकल्पिक अन्तरराष्ट्रिय विमानस्थलका रूपमा अगाडि बढाइन्छ : मन्त्री पौडेल नेपाल स्टक एक्सचेन्जका सीईओको राजीनामा स्वीकृत ऋतु खनाल प्रकरणमा गृहमन्त्री गुरुङको प्रतिबद्धता : दोषीलाई कानुनअनुसार कारबाही हुने धनुषामा लालपुर्जा हात परेपछि ३२८ परिवारमा उत्साह ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पिडितले पाए रकम नृत्यदेवी र पद्मपाणि लोकेश्वरको प्राचीन मूर्ति नेपाल फिर्ता बाँकेमा तीन चक्ला वन, काठ उत्पादन बढ्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

निवर्तमान मन्त्री आलेका पहलमा २५ श्यया उपलब्ध



अ+ अ-

काठमाडौँ । निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेका पहलमा जिल्ला अस्पताल, डोटीका लागि रु सात लाख ५० हजार बराबरको २५ श्यया उपलब्ध गराइएको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढीरहेका र उपचार गर्न श्यया अभाव भएको खबर आएपछि नेकपा (एमाले) का नेता आलेको पहलमा उक्त श्यया उपलब्ध गराइएको हो ।

स्व. मोहन गोपाल खेतानको सम्झनामा स्थापित परोपकारी संस्था अवसर पाउण्डेसन र गोरखा ब्रुअरी प्रालिले ती श्यया उपलब्ध गराएको आलेका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिनुभयो ।
 
उक्त संस्थाका अध्यक्ष पिपी खेतानले आज आलेलाई सो सामग्री हस्तान्तरण गर्नुभएको हो । उपलब्ध भएका श्ययाहरु अबको केही दिनमा डोटी पुग्ने गरी पठाउने तयारी भएको छ । आलेले यस अघि पनि आफ्नै लगानीमा जिल्ला अस्पतालमा भरिएका अक्सिजन सिलिन्डर, मास्क, स्यानिटाइजर तथा औषधि वितरण गर्नुभएको थियो । 

जिल्लामा अस्पतालमा २५ श्यया थप आउने भएपछि यहाँका नागरिकमा खुशीयाली छाउनुका साथै बिरामीको उपचारमा गर्न सहज हुने जिल्ला स्वास्थ्य कार्यालयका मेडिकल सुपरिटेन्डेन्ट कृष्णराज जोशीले बताउनुभयो ।