६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी प्रदेशः मुख्यमन्त्री डिल्ली चौधरीबाट शपथ ग्रहण, तीन मन्त्री विना विभागीय



अ+ अ-

बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शपथ लिनुभएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री चौधरीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम चौधरी बिहीबार मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।

शपथ ग्रहण समारोहमा निवर्तमान मुख्यमन्त्री एवं नेकपा ९एमाले० पोलिटब्युरो सदस्य लिला गिरीसहित गठबन्धनमा रहेका राजनीतिक दलका नेता कार्यकर्ता सहभागी थिए ।

सत्ता साझेदार दलहरुबीच मन्त्रालय भागबण्डामा कुरा नमिलेका कारण तीन मन्त्रीले विना विभागीय मन्त्रीको रुपमा शपथ लिनुहुने भएको छ ।

मुख्यमन्त्री चौधरीले नेकपा ९माओवादी केन्द्र० का धनबहादुर मास्की राना, नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष पाण्डेलाई विना विभागीय मन्त्री नियुक्त गर्नुभएको छ ।

मुख्यमन्त्री चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ४, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३–३, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका एक–एकजना र स्वतन्त्र एक सांसद गरी ५३ जना सांसदको समर्थन छ ।

८७ सदस्यीय प्रदेश सभामा एमालेका २९ र राप्रपाका ४ गरी ३३ जना अहिलेको सरकारको विपक्षमा रहने भएका छन् ।