काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासलाई सहयोग गर्न चार जना एमिकस क्युरी (अदालतको साथी) चयन गरिएको छ ।
आज (मंगलबार) नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनबाट दुईरदुई जना जना वरिष्ठ अधिवक्ता एमिकस क्युरी चयन भएका हुन् ।
नेपाल बारले वरिष्ठ अधिवक्ता राघवलाल वैद्य र उषा मल्ल पाठकलाई एमिकस क्युरीको रुपमा चयन गरिएको हो । वैद्य पूर्व महान्यायाधिवक्ता हुन् भने पाठक नेपाल बारको पूर्व उपाध्यक्ष हुन् ।
यस्तै सर्वोच्च अदालत बार एशोसिएसनले पनि मंगलबार नै दुई जना वरिष्ठ अधिवक्तालाई एमिकस क्युरीको रुपमा मनोनयन गरेको छ । वरिष्ठ अधिवक्ता कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसी एमिकस क्युरीको रुपमा चयन भएका हुन् ।
यसअघि जेठ ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ ।