२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
२० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

अयोग्य लडाकुलाई रकम: सङ्क्रमणकालीन न्यायको विषय होइन, राजनीतिक दाउपेच मात्रै – नेता ज्ञावली



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेकपा एमालेका सचिव प्रदिप ज्ञावलीले अयोग्य लडाकुलाई रकम बितरण गर्ने सरकारको निर्णय प्रति आपत्ति जनाउनु भएको छ । सामाजिक संञ्जालमा नेता ज्ञावलीले लेख्नु भएको छ सरकारको तजबिजमा यसो गरिनु सङ्क्रमणकालीन न्यायको विषय होइन, राजनीतिक दाउपेच मात्रै हो ।

उहाँले लेख्नु भएको छ अयोग्य लडाकु’हरुलाई राज्यको तर्फबाट केही गर्नु पर्ने छ भने पनि त्यो काम सङ्क्रमणकालीन न्यायको अङ्गका रुपमा, आयोगको सिफारिसका आधारमा गर्नुपर्छ ।

ज्ञावलीले लेख्नुभएको छ-

प्रतिनिधिसभामा विचाराधीन बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को संशोधन विधेयक निष्कर्षमा पुर् याउन छाडेर, यसका लागि पीडितहरुसँगको परामर्श, उहाँहरुको सरोकारको संवोधन र सर्वोच्च अदालतको आदेशलाई आधार बनाउन छाडेर,
सत्य निरुपण तथा मेलमिलाप आयोग तथा बेपत्ता पारिएका व्यक्तिको छानविन सम्बन्धी आयोग गठन गर्न छाडेर, पीडितको न्याय र परिपूरणको अधिकारलाई केन्द्रबिन्दुमा राख्ने तथा दण्डहीनता अन्त्य एवं द्वन्द्वको पुनरावृत्ति हुन नदिने सुनिश्चित गर्न छाडेर, मुलुक आर्थिक सङ्कटबाट गुज्रिरहेको बेला, स्वास्थ्य विमाको रकम भुक्तानी र सामाजिक सुरक्षा भत्ता समेत दिन नसकिरहेको बेला ुअयोग्य लडाकुुहरूलाई रकम बाँड्ने सरकारको योजनाले राज्यकोषमा भार त पर्छ नै, यसले द्वन्द्व पीडितहरुमा थप आक्रोश र पीडा जन्माउँछ ।

सरकारले पीडितका नाममा आफू निकटलाई मात्रै राहत बाँड्न मिल्दैन । ‘अयोग्य लडाकु’हरुलाई राज्यको तर्फबाट केही गर्नु पर्ने छ भने पनि त्यो काम सङ्क्रमणकालीन न्यायको अङ्गका रुपमा, आयोगको सिफारिसका आधारमा गर्नुपर्छ । सरकारको तजबिजमा यसो गरिनु सङ्क्रमणकालीन न्यायको विषय होइन, राजनीतिक दाउपेच मात्रै हो ।

सरकारले अयोग्य लडाकुलाई प्रतिव्यक्ति दुईलाख लिने निर्णय गरेको छ ।