• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने ★   नेपालमा पिस कोर रेस्पोन्स स्वयंसेवकको पहिलो समूहद्वारा शपथ ग्रहण ★   कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा काठमाडौँका मेयर बालेन ★   अब संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्छः अध्यक्ष ओली ★   जब शुभमन गिलले अभिषेक शर्माको आमाको पाउ छोए ★   बैंगलोर र चेन्नईको खेलमा वर्षा भएपनि आधा घण्टामा मैदान सुकाइने ★   मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने ★   गृहमन्त्री संलग्न सहकारीहरुको नाम तोकेर छानविन समिति बनाऔँ: सांसद पाण्डे

अनुसन्धान, नवप्रवर्तन र आविष्कारका क्षेत्रमा सरकार गम्भिर नभएको भन्दै महावीर पुनको सडक आन्दोलन



काठमाडौँ । अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको भन्दै महावीर पुनले आन्दोलन शुरु गर्नुभएको छ ।

शुक्रवारदेखि काठमाडौंको माईतीघर मण्डलामा विभिन्न माग राख्दै अनिश्चित कालका लागि आन्दोलन शुरु गर्नुभएको छ । उहाँले सरकारले प्रतिभा भएका र अनुसन्धान तथा आविष्कार गर्न सक्नेहरुको लागि केही नगरेकाले दबाब स्वरुप आन्दोलन गर्नु परेको बताउनु भयो।

पुनले नेपाल अनुसन्धान, नवप्रवर्तन र आविष्कारका क्षेत्रमा धेरै पछाडि परेको भन्दै यो विषयमा जनस्तरमा सचेतना जगाउनको लागि आन्दोलन गर्नुपरेको उल्लेख गनुभयो । उहाँले नयाँ विषयहरुको आविष्कार गर्ने,नयाँ प्रवद्र्धन गर्ने काम गर्न नसके मुलुकको अर्थतन्त्रलाई सुधार गर्न नसकिने भन्दै अर्थतन्त्र सधार हुन नसक्दा नेपाली युवाहरु विदेश जान बाध्य हुने बताउनु भयो ।

उहाँले अर्थतन्त्र सुधारको लागि सरकारको प्रमुख प्राथमिकताकासाथ अनुसन्धान,आविष्कार र नवप्रवर्तन क्षेत्रमा लगानी गर्नुपर्ने बताउनु भयो। उहाँले नेपालमा सरकारले त्यो विषयमा प्राथमिकता नदिएकाले अर्थतन्त्र सुधार नहुँदा दुःख पाएको बताउनु भयो। उहाँले सरकारले अब नेपालमा नै प्रतिभा भएका युवाहरुलाई अनुसन्धान, नवप्रवर्तन र आविष्कारका क्षेत्रमा काम गर्ने वातावरण बनाउन आवश्यक रहेको बताउनु भयो। उहाँले यो क्षेत्रको विकासको लागि १० वर्षसम्म सरकारका सबै मन्त्रालयहरुमा पुगे सबै मन्त्री र नेताहरुसँग भेट्दा समेत केही गर्न नसकिएको बताउनु भयो ।

उहाँले पछिल्लो पाँच वर्ष राष्ट्रिय आविष्कार केन्द्र खोलेर काम गर्दा समेत सरकारले नदेखेको आरोप लगाउनु भयो ।
उहाँले भन्नुभयो,‘ नेपालका प्रतिभा भएका विद्यार्थी तथा भावि सन्ततिहरुको लागि आन्दोलन गर्नुपरेको हो । नेपाल अनुसन्धान, नवप्रवर्तन र आविष्कारका क्षेत्रमा धेरै पछाडि परेका छौं । यो विषयमा जनस्तरमा सचेतना जगाउनको लागि आन्दोलन गर्नुपरेको हो । हामीले नयाँ विषयहरुको आविष्कार गर्ने,नयाँ प्रवद्र्धन गर्ने काम गरिएन भने मुलुकको अर्थतन्त्रलाई सुधार गर्न सक्दैनौं । अर्थतन्त्र सधार भएन भने नेपाली युवाहरु विदेश जानुपर्ने हुन्छ । अर्थतन्त्र सुधारको लागि मुलजरा भनेको अनुसन्धान,आविष्कार र नवप्रवर्तन हो । यो नेपालमा मात्रै नभएर विश्वका देशहरुले गर्ने काम यही हो । जुन देशले अनुसन्धान, नवप्रवर्तन र आविष्कारका क्षेत्रमा खर्च गरेको छ ।

त्यो देश विकासशील भएको छ । गर्न नसक्ने देशको विकास हुँदैन । नेपालमा सरकारले त्यो विषयमा प्राथमिकता नदिएको हुनाले अर्थतन्त्र सुधार नहुँदा दुःख पाउनुपरेको छ । अनुसन्धान, नवप्रवर्तन र आविष्कारका क्षेत्रमा काम गर्ने युवाहरुकाले लागि सरकारले अहिलेसम्म केही गर्न नसकेकोले अब सरकारले नेपालमा नै प्रतिभा भएका युवाहरुलाई अनुसन्धान, नवप्रवर्तन र आविष्कारका क्षेत्रमा काम गर्ने वातावरण बनाउनु आवश्यक छ । मैले १० वर्षसम्म कुरेर बसेको थिए । सन् २०१२ देखि २०१७ सम्म सरकारका सबै मन्त्रालयहरुमा पुगे सबै मन्त्री र नेताहरुसँग भेट गरे । तर केही नलागेर छाडि दिए । पछिल्लो पाँच वर्ष राष्ट्रिय आविष्कार केन्द्र खोलेर काम गरियो । तर पनि सरकारले देखेन । राष्ट्रिय आविष्कार केन्द्रहरु धेरै खोल्नुपर्छ ।’

उहाँले आन्दोलनमा अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष खडा गर्न, अनुसन्धान र नवप्रवर्तनको लागि हरेक बर्ष बिकास बजेटको १ प्रतिशत रकम छुट्याउन माग गर्नुभयो। उहाँले प्रतिभाशाली सन्ततीहरुलाई आवश्यक अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्न सहयोग गर्नुपर्ने बताउनु भयो । उहाँले अनुसन्धान, नवप्रवर्तन र आविष्कार प्रवद्र्धन, सन्चालन तथा खरिद ऐन बनाउन आग्रह गर्नुभयो।

उहाँले स्टार्टअपहरुलाई प्रोत्साहन गर्ने कानून बनाउन,नवउद्यमीहरुलाई हतोत्साह नगर्न, उद्यमशीलताको विकास गर्न नव उद्यमी पहिचान र प्रवद्र्र्धन समिति बनाउन र व्यवहारिक अनुसन्धान लाई प्रवद्र्धन गर्न व्यावहारिक अनुसन्धान र नवप्रवर्तन विभाग खोल्न माग गर्नुभयो। उहाँले यात्री मोटरसाइकललाई तुरुन्त लाइसेन्स प्लेट दिने व्यवस्था तत्काल गर्न माग गर्नुभयो । हाँले पुरानो गाडीहरुलाई विद्युतीय गाडी बनाउने र चलाउने अनुमति माग समेत गरेका छन् ।