२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाको युवा संगठनले मुल्य वृद्धि, भष्ट्राचार, वेथिति बिरुद्ध आन्दोलन गर्ने



अ+ अ-

काठमाडौं। राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले मुल्य वृद्धि, भष्ट्राचार, वेथिति बिरुद्ध आन्दोलन गर्ने भएको छ ।

केन्द्रीय महाधिवेशन आयोजक समितिको काठमाण्डौंमा बसेको बैठकले अन्य जनसरोकारका विषयहरुमा आन्दोलन तथा संघर्षका कार्यक्रमहरु गर्ने निर्णय गरेको संयोजक सुजित के.सी.ले जानकारी दिनुभयो ।

उहाँ का अनुसार २०८० वैशाख २५ गतेदेखि जेठ २५ गतेसम्म देशभर सदस्यता वितरण तथा वडा समिति गठन गर्ने जेठ २६ गतेदेखि असार २७ गतेसम्म गाऊँ/नगर अधिवेशन गर्ने कार्यक्रम तय भएको छ । यसैगरी असार २८ गतेदेखि श्रावण २९ गतेसम्म क्षेत्रीय तथा प्रदेश क्षेत्र अधिवेशन गर्ने भाद्र १ गतेदेखि भाद्र ३० गतेसम्म जिल्ला अधिवेशन गर्ने कार्यक्रम पनि तय भएको छ ।

यसैगरी असोज १ गतेदेखि असोज ३० गतेसम्म प्रदेश अधिवेशन गर्ने र मंसिरमा केन्द्रिय अधिवेशन गर्ने निर्णय भएको पनि केसीले जानकारी दिनुभयो ।
बैठकले राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको “युवा नीति तथा कार्यक्रम २०८०” लागि संसोधनसहित पारित गर्ने निर्णय गरेको छ । बैठकले संगठनको महाधिवेशन कार्यविधि २०८० लाई संसोधन गरि पारित गर्ने तथा सोही कार्यविधि बमोजिम महाधिवेशनका कार्यक्रमहरु संचालन गर्ने निर्णय गरेको छ ।

यसैगरी काठमाण्डौं उपत्यकामा उपत्यका विशेष कमिटि गठन गर्ने र संगठनका गतिविधिलाई सामाजिक संजाल तथा सञ्चार माध्यममा प्रभावकारी रुपमा प्रचार प्रसार गर्न प्रचार प्रसार समितिको गठन गर्न सदस्य श्री कल्याण विक्रम आयार्चको संयोजकत्वमा महाधिवेशन प्रचार प्रसार समिति गठन गर्ने निर्णय गरेको छ । बैठकले नेपाली युवा सामान्य रोजगारीको लागि विदेश जानुपर्ने, विदेशबाट दैनिक रुपमा अंगभंग भएर तथा मरेर बाकसमा फर्किनुपर्ने बाध्यात्मक अवस्थाको विषयलाई बैठकले गम्भीरतापूर्वक लिएको पनि उहाँले जानकारी दिनुभयो ।

बैठकले युवाले देशमै आर्थिक उपार्जन गर्ने वातावरण र अवस्था तयार पर्न, सेवा तथा उत्पादनमा युवालाई जोड्दै युवा बेरोजगारी अन्त्य गर्न देशैभरिका पालिकाहरुमा “युवा रोजगार केन्द” स्थापना गरी बेरोजगार युवाहरुको अभिलेख राखी स्वरोजगार सम्बन्धि तालिम दिई युवाहरुलाई सेवा तथा उत्पादनमा जोड्न सबै पालिकामा ज्ञापन पत्र बुझाउने निर्णय पनि गरेको छ ।