२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश…
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाको युवा संगठनले मुल्य वृद्धि, भष्ट्राचार, वेथिति बिरुद्ध आन्दोलन गर्ने



अ+ अ-

काठमाडौं। राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले मुल्य वृद्धि, भष्ट्राचार, वेथिति बिरुद्ध आन्दोलन गर्ने भएको छ ।

केन्द्रीय महाधिवेशन आयोजक समितिको काठमाण्डौंमा बसेको बैठकले अन्य जनसरोकारका विषयहरुमा आन्दोलन तथा संघर्षका कार्यक्रमहरु गर्ने निर्णय गरेको संयोजक सुजित के.सी.ले जानकारी दिनुभयो ।

उहाँ का अनुसार २०८० वैशाख २५ गतेदेखि जेठ २५ गतेसम्म देशभर सदस्यता वितरण तथा वडा समिति गठन गर्ने जेठ २६ गतेदेखि असार २७ गतेसम्म गाऊँ/नगर अधिवेशन गर्ने कार्यक्रम तय भएको छ । यसैगरी असार २८ गतेदेखि श्रावण २९ गतेसम्म क्षेत्रीय तथा प्रदेश क्षेत्र अधिवेशन गर्ने भाद्र १ गतेदेखि भाद्र ३० गतेसम्म जिल्ला अधिवेशन गर्ने कार्यक्रम पनि तय भएको छ ।

यसैगरी असोज १ गतेदेखि असोज ३० गतेसम्म प्रदेश अधिवेशन गर्ने र मंसिरमा केन्द्रिय अधिवेशन गर्ने निर्णय भएको पनि केसीले जानकारी दिनुभयो ।
बैठकले राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको “युवा नीति तथा कार्यक्रम २०८०” लागि संसोधनसहित पारित गर्ने निर्णय गरेको छ । बैठकले संगठनको महाधिवेशन कार्यविधि २०८० लाई संसोधन गरि पारित गर्ने तथा सोही कार्यविधि बमोजिम महाधिवेशनका कार्यक्रमहरु संचालन गर्ने निर्णय गरेको छ ।

यसैगरी काठमाण्डौं उपत्यकामा उपत्यका विशेष कमिटि गठन गर्ने र संगठनका गतिविधिलाई सामाजिक संजाल तथा सञ्चार माध्यममा प्रभावकारी रुपमा प्रचार प्रसार गर्न प्रचार प्रसार समितिको गठन गर्न सदस्य श्री कल्याण विक्रम आयार्चको संयोजकत्वमा महाधिवेशन प्रचार प्रसार समिति गठन गर्ने निर्णय गरेको छ । बैठकले नेपाली युवा सामान्य रोजगारीको लागि विदेश जानुपर्ने, विदेशबाट दैनिक रुपमा अंगभंग भएर तथा मरेर बाकसमा फर्किनुपर्ने बाध्यात्मक अवस्थाको विषयलाई बैठकले गम्भीरतापूर्वक लिएको पनि उहाँले जानकारी दिनुभयो ।

बैठकले युवाले देशमै आर्थिक उपार्जन गर्ने वातावरण र अवस्था तयार पर्न, सेवा तथा उत्पादनमा युवालाई जोड्दै युवा बेरोजगारी अन्त्य गर्न देशैभरिका पालिकाहरुमा “युवा रोजगार केन्द” स्थापना गरी बेरोजगार युवाहरुको अभिलेख राखी स्वरोजगार सम्बन्धि तालिम दिई युवाहरुलाई सेवा तथा उत्पादनमा जोड्न सबै पालिकामा ज्ञापन पत्र बुझाउने निर्णय पनि गरेको छ ।




भर्खरै