२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी प्रदेश: डिल्लीबहादुर चौधरीको नेतृत्वमा सरकार बन्दै



अ+ अ-

बुटवल । लुम्बिनी प्रदेश सरकारको नेतृत्वका नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले बिहीबार दिउँसो प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गर्दै हुनुहुन्छ ।

आठ दलको गठबन्धनको गठबन्धन दलको मंगलबारदेखि बुटवलमा जारी बैठकले यसअघिकै सहमतिअनुसार चौधरीको नेतृत्वमा जानेगरी दिउँसो १ बजे दावी पेश गर्न जाने तयारी भएको बताइएको छ ।

यसअघि मुख्यमन्त्री लिला गिरीले विश्वासको मत पाउन नसकेपछि प्रदेशप्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दाबी पेस गर्न आह्वान गर्नुभएको थियो ।

दाङ निर्वाचन क्षेत्र नं ३ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य चौधरीले सोही सूचनाकै आधारमा आज १ बजे प्रदेश दाबी पेस गर्ने बताइएको छ ।

मुख्यमन्त्री अल्पमतमा परेको भन्दै कांग्रेस र नेकपा (माओवादी केन्द्र) सहित आठ दल र एक स्वतन्त्र गरी ५३ प्रदेशसभा सदस्यहरुले चौधरीलाई संविधानअनुसार मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेशप्रमुख अमिक शेरचनसमक्ष निवेदन दिइसकेका छन् ।

सरकार गठनका लागि बिहीबार पनि ५३ प्रदेशसभा सदस्यकै हस्ताक्षर सहित दाबी पेस गर्ने तयारी भएको छ ।

लुम्बिनी प्रदेशसभा ८७ सदस्यी छ । नेकपा (एमाले) २९, कांग्रेस २७, माओवादी केन्द्र ११, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टीका ४-४, जनमत पार्टी, जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ३/३, राष्ट्रिय जनमोर्चा र नेकपा (एकीकृत समाजवादी) का १-१ र स्वतन्त्र १ जना सदस्य रहेका छन् ।

प्रदेशमा सरकार गठनका लागि ४४ प्रदेशसभाको आवश्यकता पर्दछ ।