• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo
Latest
★   संसारको सबैभन्दा शान्त ठाउँ, जहाँ सुल्तानदेखि भिखारीसम्मका शव गाडिन्छन् ★   जलवायु परिवर्तनका अप्रत्याशित घटना र असर सामूहिकरूप सामना गरौँ: मन्त्री सुडी ★   नाफामूलक निजी व्यवसाय गर्ने व्यक्ति र समाचार लेख्ने श्रमजीवी पत्रकार एकै होइनन्: राष्ट्रिय स्वतन्त्र पार्टी ★   पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ: मुख्मन्त्री अधिकारी ★   काभ्रेपलाञ्चोकमा दम्पती मृत फेला ★   नेपालमा हिउँ पग्लिँदा बङ्गलादेशको अस्तित्व नै खतरामा पर्न सक्छ: मन्त्री हुसैन ★   कोलकातासँगको लज्जास्पद हारपछि के भन्छन् हैदरावादका कप्तान कमिन्स ? ★   मिडिया ट्रायल र राज्यको सत्ता दुबै फौजदारी न्यायबाट पृथक रहनुपर्छ – डा संग्रौला ★   “अझ परिपूर्ण मुलुक” बन्न प्रेस स्वतन्त्रता महत्त्वपूर्ण: नेपालस्थित अमेरिकी दूतावास ★   सिरोहिया पक्राउबारे प्रधानमन्त्री: अदालती प्रक्रियामा हो–हल्ला गर्न जरुरी छैन

सकम्बरी पात्रको प्रयोग संयोगमात्र



शिरिषको फूलमा सकम्बरी प्रेम गर्न जान्दिनन। सुयोगबिर असल प्रेमी हुन। उनको प्रेम सकम्बरी प्रति समर्पित छ । तर सकम्बरी प्रेमभन्दा माथी छिन्।

पारिजातको समग्र जीवन दृष्टि शिरिषको फूलमा छ। उनलाई कसैले प्रगतिशील साहित्यकार भने। कसैले अस्तित्ववादी। तर शिरीषको फूलमा सकम्बरीको संवेदनशिलता कुनै सामाजिक खरीदविक्री र बाध्यता भन्दा माथि छ। उनी प्रेम गर्न स्वतन्त्र छिन्। उनी जीवन र जगतलाई अस्तित्वबाट पनि हेर्दिनन। अति संवेदनशील भ्रमरको चुम्बनबाट उनको प्रेम तिरोहित हुन्छ।

त्यसैले शिरिषको फूल नेपाली साहित्यमा अजय उपन्यास हो। फियोना भेल्पिको the french for love मा गिना सकम्बरी भन्दा फरक छिन। उनि पुरुषप्रधान समाजको विद्रोह गर्छिन्। र पाश्चात्य अस्तित्ववादी दर्शनको वकालत गर्छिन्। उनी पुरुषलाई प्रेम होइन प्रयोग गर्छिन्। भ्लादिमिर नाभोकोभको लोलिता उपन्यास आजसम्म को सबभन्दा विवादास्पद उपन्यास हो।

थुप्रै नारीवादीहरुले यसको विरुद्धमा संसद नै धेरै । तर यो उपन्यासले नोभेल पुरस्कार पायो। लज्जाकी माया मुस्लिम धर्मको विरुद्धमा उभ्न्निन। उनी यसको चिरफार समेत गर्छिन। मुनामदनकी मुना पुरुषलाई प्रयोग गर्दिनन्। प्रेम गर्छिन। सायद त्यसै कारण देवकोटा‌ मुनामदनबाट निकै सन्तुष्ट थिए।

बीपीकी सुम्निमा सकम्बरी भन्दा फरक छिन् ।उनको योौन इच्छा स्वतन्त्र छ। तर उनको पुरुष पात्र समाजबाट बन्धक छ। यी पात्रहरु विश्व साहित्यका परिचित नाम हुन। महिलाका फरक फरक पीडा पि पात्रले बोलेका छन। कुनै एउटा पीडामा व्यंग्य गर्दा सायद यी पात्रलाई दुख्छ होला। यिनीहरुले नाम मात्र होइन समग्र दर्शन र समाजको प्रतिनिधित्व गर्छन्।

पात्र र कथाको प्रयोगले चिरकालसम्म प्रश्न उठाइरहन्छ। जसले सिर्जनालाई अमर बनाउँछ। प्रसङ्ग प्रकाश सपुतको सकम्बरी गीत संग छ ।उनले नेपाली समाजमा रहेको विसंगतिलाई लोकलयमा भिन्नै ढङ्गबाट प्रस्तुत गर्ने जमर्को गरेका छन्। यो जमर्को प्रशंसनीय पनि छ। यसमा दुईमत छैन। तर सकम्बरी र सुयोगवीर पात्रको प्रयोग र गीतको प्रसङ्ग सायद शिरिषको फूलका सकमबरी र शूयोगवीर सँग संयोगमात्र मानेमा उपयुक्त हुनेछ ।

किनकि ती पात्रहरू समाजको सस्तो लोकप्रियता र खरिदबिक्रीमा केन्द्रित छैनन। यदि केन्द्रित गरियो भने तिनीहरूले स्रष्टाको सिर्जना माथि पक्कै आघात ल्याउँछन् ।सकमबरी सम्म त ठिकै हो यहाँ सुयोगवीर पनि छसायद प्रकाश सपुतले यि नामलाई सस्तो ढङ्गबाट प्रयोग गर्ने जमर्को गरेका पक्कै होइनन। उनले यसको गहिराइ बुझेका छन।

उनले आफैंले एक ठाउँमा भनेका छन् ।सिर्जना आत्मसन्तुष्टि र जीवन दुइटै हो । यसले जीवन पनि दिनुपर्छ ।आत्मसन्तुष्टिले पेट भरिदैन। यो सत्य हो। यही सत्यकै गहिराइमा बसेर आज यो उचाइमा पनि पुगेका छन् ।उनका सिर्जनाहरू द्रष्टा जस्तै छन्। सामाजिक र मर्मभेदी। यी दुबै भएपछि भएपछि साहित्य लयबद्ध हुन्छ। तर साहित्यले‌ जीवन दिएका छन् पेट भर्न खोजेका छैनन्। हुन त यो गीत अमर साहित्यको कोटीमा कतिको पर्ला त्यो समयले देखाउने नै छ।

सकम्बरीका शब्दहरु क्लिस्ट छैनन् ।बुझाइमा कुनै दुविधा छैन। अहिलेको पुरुषवादी समाजबाट प्रताडित र मनोरञ्जन लिएको नारीवर्ग समाजमा प्रतिबन्धात्मक छ। अहिलेको समाजको चित्र यही हो। यो व्यापार मात्र होइन । सन्सार पनि जोडिएको छ ।बाध्यता पनि छ।

आकर्षण पनि। फा्यड भन्छन् ‘नारीलाई बुझ्न गाह्रो छ नारीले के चाहन्छन् बुझ्न कठिन छ। नारीहरु पुरुषको अङ्ग मात्र चाहन्छन्।’ उनकै बिषयमा उनकै सहयात्रि वाइडनर समेत आलोचित थिए। वाइडरको भनाइ छ ,’ पुरुषको कारणले मात्र नारी बेश्या हुदैन’ यो दर्शनलाई गीतले कतिको बुझेको छ ।बुझ्न बाँकी नै छ।