२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभाको बैठकमा संसदीय सुनुवाइ समितिका सदस्य आज प्रस्ताव नहुने



अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठकमा संसदीय सुनुवाइ समितिका सदस्यको नाम प्रस्ताव नहुने बताउनुभएको छ ।

सदन बस्नुअघि सबै दलबाट नाम नआएकाले प्रस्ताव गर्न नसकिने कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा उहाँले जानकारी गराउनुभएको छ ।

सभामुखले भने, “तपाईंहरूले नाम (संयुक्त, विषयगत, विशेष समितिमा प्रतिनिधित्व गर्ने सांसदहरू) दिनुभयो भने संसदलाई प्रभावकारी बनाउन सकिन्छ । भोलिसम्ममा नाम दिनुहोला । आज नाम दिनुभएको भए आजै घोषणा गर्न सकिन्थ्यो । तर, सबैको नाम प्राप्त हुन सकेन ।”

नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले संसदीय समितिमा अहिलेसम्म नाम पठाएका छैनन् । अन्य साना सबै दलबाट नाम आइसकेको बताइएको छ ।