२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले संकुचित नीतिमा तत्काल सुधार गर्नुपर्छ– अध्यक्ष ढकाल



file
अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारको संकुचित नीतिका कारण स्वास्थ्य शिक्षाका लागि धेरै नेपाली युवालाई विदेश पढाउन पठाउनुपर्ने बाध्यता रहेको बताउनुभएको छ ।

कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको कान्तिपुर इकोनोमिक समिट २०२३ को पहिलो सत्र ‘आर्थिक मेरुदण्डको पहिचान र प्राथमिकता’मा उहाँले कोटा निश्चित भएकाले धेरै युवा विद्यार्थी पूर्वाधार नभएका मुलुकमा समेत गएर पढ्न बाध्य रहेको भन्दै संकुचित नीतिमा तत्काल सुधार गर्न सरकारसँग आग्रह गर्नुभयो ।

नियामकलाई बलियो बनाएर स्वास्थ्य शिक्षाको नीतिमा परिवर्तन गर्न जरुरी रहेको उहाँको भनाइ थियो ।

अध्यक्ष ढकालले रोजगारी र करमा निजी क्षेत्रको योगदान ८० प्रतिशत रहेको उल्लेख गर्दै निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने समेत बताउनुभयो ।
सरकार र निजी क्षेत्र मिलेरै वर्तमान संकट समाधान गर्न सकिने उल्लेख गर्दै उहाँले अहिलेको वर्तमान समस्यालाई समाधान गर्न र दिगो विकासका लागि महासंघले ५ वटा प्राथमिकता अघि सारेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “महासंघले अघि सारेका ५ प्राथमिकतालाई सरकार र निजी क्षेत्र सँगसँगै जान सके चाहेको प्रतिफल आउन सक्छ ।”

अहिले लगानीको वातावरण बनााउन जोड दिनुपर्ने भन्दै उहाँले आन्तरिक होस् वा वैदेशिक जस्तो भए पनि लगानी भित्र्याउन पहल गर्न जरुरी रहेको बताउनुभयो ।त्यसका लागि नेपाल सरकार र निजी क्षेत्रको साझेदारीमा लगानीको वातावरण बनाउनुपर्ने उहाँको धारणा थियो ।

दक्ष जनशक्ति नभएका कारण बेरोजगारी बढेको छ, सँगसँगै दक्ष जनशक्तिको अभाव पनि छ भन्दै अध्यक्ष ढकालले अदक्ष कामदारको रुपमा युवाहरू विदेशिएकाले त्यसलाई परिपूर्ति गर्न दक्ष जनशक्ति तयार बनाउनु पर्नेमा जोड दिनुभयो ।