• २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
  •   Unicode
Logo
Latest
★   प्रेस तटस्थ, स्वतन्त्र र सबल हुदा लोकतान्त्रिक व्यवस्था त्यति नै सुदृढ हुन्छ: राष्ट्रपति पौडेल ★   महिलाको लगानीमा सरफ उद्योग सञ्चालन ★   आजदेखि बागमतीमा नेपाल र तामाङ पनि सरकारी कामकाजी भाषा ★   सभामुखले बोलाए प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताको बैठक ★   आईपीएलमा आज: हैदरावाद र मुम्बई खेल्दै ★   एकीकृत जाँचचौकी सञ्चालनले व्यापारमा सहजीकरण हुन्छ: मन्त्री भण्डारी ★   संविधानमा व्यवस्था गरेका मौलिक हकहरु व्यवहारमा कार्यान्वयन हुन सकेनन्: मन्त्री शर्मा ★   माधव नेपालले बोलाए संसदीय दलको बैठक ★   तोलामा रु दुई सयले बढ्यो सुनको मूल्य ★   तरकारी खेतीबाट मनग्य आम्दानी

जो बाइडेनद्वारा अमेरिकी राष्ट्रपतिमा फेरि उठ्ने घोषणा



अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी सन् २०२४ मा हुने अमेरिकी राष्ट्रपतिको चुनावमा उम्मेदवार हुने घोषणा गरेका छन् ।

सामाजिक संजालमा उनले एक भिडियो पोस्ट गर्दै डेमोक्रेटिक पार्टीबाट चुनिएका राष्ट्रपति बाइडेनले लोकतन्त्र र आधारभूत अधिकारको प्रत्याभूतिका लागि आफूले उम्मेदवारी दिन चाहेको बताएका छन् ।

बाइडेनले आफ्नो चुनावी अभियान सम्बन्धी सार्वजनिक गरेको पहिलो भिडियोमा आफू र उपराष्ट्रपति कमला ह्यारिस दुबैले आगामी चुनावमा भाग लिने घोषणा गरिएको छ ।

हाल ८० वर्ष पुगिसकेका बाइडेन सन् २०२४ मा हुने चुनाव जितेमा दोस्रो पूर्ण कार्यकालपछि ८६ वर्षका हुनेछन् । अमेरिकी इतिहासमा यो पहिलो घटना हुनेछ ।

यसअघि नै रिपब्लीकन पार्टीका तर्फबाट पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले उम्मेदवार हुने भन्दै प्रचारमा जुटिसकेका छन् । यी दुबैबीच अघिल्लो पटकको चुनावमा कडा टक्कर भएको थियो ।