• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

जो बाइडेनद्वारा अमेरिकी राष्ट्रपतिमा फेरि उठ्ने घोषणा



अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी सन् २०२४ मा हुने अमेरिकी राष्ट्रपतिको चुनावमा उम्मेदवार हुने घोषणा गरेका छन् ।

सामाजिक संजालमा उनले एक भिडियो पोस्ट गर्दै डेमोक्रेटिक पार्टीबाट चुनिएका राष्ट्रपति बाइडेनले लोकतन्त्र र आधारभूत अधिकारको प्रत्याभूतिका लागि आफूले उम्मेदवारी दिन चाहेको बताएका छन् ।

बाइडेनले आफ्नो चुनावी अभियान सम्बन्धी सार्वजनिक गरेको पहिलो भिडियोमा आफू र उपराष्ट्रपति कमला ह्यारिस दुबैले आगामी चुनावमा भाग लिने घोषणा गरिएको छ ।

हाल ८० वर्ष पुगिसकेका बाइडेन सन् २०२४ मा हुने चुनाव जितेमा दोस्रो पूर्ण कार्यकालपछि ८६ वर्षका हुनेछन् । अमेरिकी इतिहासमा यो पहिलो घटना हुनेछ ।

यसअघि नै रिपब्लीकन पार्टीका तर्फबाट पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले उम्मेदवार हुने भन्दै प्रचारमा जुटिसकेका छन् । यी दुबैबीच अघिल्लो पटकको चुनावमा कडा टक्कर भएको थियो ।