१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

आईपीएलमा आज: हैदरावाद र मुम्बई खेल्दै

आईपीएलमा आज: हैदरावाद र मुम्बई खेल्दै
अ अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ५५ औं खेलमा आज मुम्बई इन्डियन्सले सनराइजर्स हैदरावादको सामना गर्दैछ । मुम्बईको घरेलु मैदान वानखेडे स्टेडियममा हुनलागेको खेल नेपाली समयअनुसार बेलुकाको ७:४५ बजेबाट सुरु हुनेछ ।

आज मुम्बई र हैदरावाद सिजनमा दोस्रो पटक खेल्दैछन् । पछिल्लो खेलमा हैदरावाद ३१ रनले विजयी भएको थियो ।

आज मुम्बई सिजनको १२ औं खेल खेल्दैछ । पछिल्लो ११ खेलबाट ३ जित हात पारेको टोली ६ अंकसहित अंक तालिकाको पुछारमा १० औं स्थानमा छ । अर्कोतर्फ, हैदरावादले सिजनको ११ औं खेल खेल्नेछ। १० मध्ये ६ जितेको हैदरावाद १२ अंकसहित ५ औं स्थानमा छ।

 हेड टु हेडमा मुम्बई अगाडि

आइपिएलमा हैदरावाद र मुम्बईबीच हालसम्म २२ खेल खेलिएका छन् । जसमा मुम्बईले १२ खेल जितेको छ भने हैदरावादले १० जितेको छ । एमआई र एसआरएचबीच वानखेडेमा हालसम्म जम्मा ७ खेल भइसकेका छन् । जसमा मुम्बईले ५ र हैदरावादले २ जित हात पारेको छ ।

तिलक वर्माले सर्वाधिक रन स्कोरर

तिलक वर्मा एमआईबाट फर्ममा छन्। उनले उत्कृष्ट प्रदर्शन गर्दै कठिन परिस्थितिमा टोलीलाई सम्हालिरहेका छन्। तिलकले ३ अर्धशतक बनाएका छन् भने ३ सय ४७ रन बनाएका छन् । बलिङ आक्रमणको कमाण्ड जसप्रित बुमराहको हातमा छ । उनले अहिलेसम्म ११ खेलमा १७ विकेट लिएका छन् ।

ट्राभिस हेडको नाममा सबैभन्दा धेरै रन

हैदरावादका ओपनर ट्राभिस हेड यस सिजन टोलीका सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले ९ खेलमा ३९६ रन बनाएका छन् । उनले यो अवधिमा एक शतक र तीन अर्धशतक बनाएका छन् । बलिङमा टी नटराजन शीर्ष स्थानमा छन् । उनले ८ खेलमा १५ विकेट लिएका छन् ।

पिच रिपोर्ट

वानखेडे पिच सामान्यतया ब्याट्सम्यानका लागि बढी सहयोगी साबित हुन्छ। उच्च स्कोरिङ खेलहरू यहाँ देखिएका छन्।

मुम्बई इन्डियन्सको सम्भावित प्लेइङ ११:

हार्दिक पाण्ड्या (कप्तान), रोहित शर्मा, इशान किशन (विकेटकीपर), तिलक वर्मा, नेहल वढेरा, टिम डेभिड, मोहम्मद नाबी, पियुष चावला, लुक वुड, जसप्रित बुमराह र नुवान थुसारा।

ईम्प्याक्ट प्लेयर: सूर्यकुमार यादव।

सनराइजर्स हैदरावादको सम्भावित प्लेइङ ११:

प्याट कमिन्स (कप्तान), अभिषेक शर्मा, ट्राभिस हेड, अनमोलप्रीत सिंह, हेनरिक क्लासेन (विकेटकिपर), नितिश कुमार रेड्डी, अब्दुल समद, शाहबाज अहमद, मार्को जान्सन, भुवनेश्वर कुमार, र टी नटराजन।
ईम्प्याक्ट प्लेयर: उमरान मलिक।