१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

तरकारी खेतीबाट मनग्य आम्दानी

तरकारी खेतीबाट मनग्य आम्दानी
अ अ+ अ-

राजविराज । सप्तरीको पश्चिम क्षेत्रको सुरुङ्गाा नगरपालिकाका महिला तरकारी खेतीतर्फ आकर्षित भएका छन् । सुरुङ्गा नगरपालिका–९ टिकुलियाका महिलाले समूह बनाएर तरकारी खेती सुरु गरेका हुन् ।

महिलाको सक्रियतामा दिनाभद्री कृषक समूह बनाएर दलित समुदायका महिला यति बेला तरकारी खेतीमा लागेका छन् । पन्ध्र महिलाको समूहले तरकारी खेतीबाटै मनग्य आयआर्जन गरेका छन् । उनीहरुलाई ‘सेभ द चिल्ड्रेन’को सहयोगमा ‘सबल नेपाल’ संस्थाले बीउबिजन र मलखाद सहयोग गरेको छ ।

कृषक समूहकी अध्यक्ष कविताकुमारी सदाले विगतमा आफूहरु बेरोजगार बनेर घरमै बस्दैआएकामा हाल तरकारी उब्जाएर पैसा कमाउन थालेको बताउनुभयो । उनीहरुलाई सबल नेपालले तरकारी खेती गर्नेबारे तालिमसमेत दिएको छ । उहाँले भन्नुभयो, “त्यत्तिक्कै बस्नुभन्दा मेहनत गरेर खाने सोचका साथ तरकारी खेती गर्न थालेका हौँ, तरकारी खेती गरेरै घरखर्च चलाउनुका साथै केही पैसा बचतसमेत गर्दैआएका छौँ ।”

करिब १४ कट्ठा जग्गामा दलित महिला मिलेर तरकारी खेतीमा संलग्न छन् । उनीहरुले बिहान आफ्नो घरको काम सघाएर बाँकी समय तरकारी खेतीमा बिताउने गरेको सबल नेपालका कृषि अधिकृत आशिष चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “दलित महिलाको आर्थिक समृद्धिका लागि सेभ द चिल्ड्रेनको साझेदारीमा समुन्नति कार्यक्रमअन्तर्गत सबल नेपालले तरकारी खेती गर्नका लागि बीउबिजन, प्राङ्गारिक मल, कृषि औजारलगायत सहयोग गरेको छ । यसबाट उनीहरु आत्मनिर्भर बन्दैगएका छन् ।”

दिनाभद्री कृषक समूहका सदस्य ललिता सदाले समूहको तरकारी खेतीबाट आम्दानी गरेर आफ्नो घर व्यवहार चलाएर छोराछारीको पठाइ खर्चसमेत निकाल्ने गरेको बताउनुभयो । सिँचाइ अभाव रहेको बेला सबल नेपालले कृषि मिटर सहयोग गरेका कारण पानीको अभाव नहुँदा अहिले तरकारी खेती गर्न समस्या नभएको उहाँको भनाइ छ । उनीहरुले लौका, फर्सी, खुर्सानी, भन्टा, काँक्रो, प्याजलगायत तरकारी उत्पादन गर्दैआएका छन् ।

आफ्नै बारीमा उब्जेका तरकारी नजिकैको टिकुलिया हटियमा तरकारी आफैँ बसेर बिक्री गर्दा आम्दानी गर्न सकिएको समूहकी सदस्य तिलिया सदाको भनाइ छ । उहाँले भन्नुभयो, “तरकारी खेतीले आफ्नो दैनिक खानाको लागि पुग्ने र बचेका तरकारी नजिकको हटियामा बिक्री गरेर आम्दानी गर्ने गरेकी छु ।”

सुरुङगा नगरपालिका–२ कमलपुरका कृषकले समेत तरकारी खेतीबाट वार्षिक लाखौँको आम्दानी गर्न थालेका छन् । चन्द्रमुखी कृषक समूह गठन गरेर यहाँ तरकारी खेती गरिएको छ । व्यक्तिगत जग्गामा अहिले उनीहरु साग, प्याज, बोडी, खुर्सानी, मुला, फर्सीलगायत तरकारी उत्पादन गर्न थालेका छन् । समूहका सदस्य राजकुमार महतो चार छोरा/छोरीलाई उच्च शिक्षा पढाउन तरकारी खेतीमा जुटेको बताउनुहुन्छ । मलेसियाबाट आएपछि उहाँले पाँच कट्ठा जग्गामा तरकारी खेती गरेर अहिले वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी गर्दैआउनुभएको छ ।

यस्तै धीरेन्द्र यादव पनि बुबाले गरेको तरकारी खेतीमा सधैँ सघाउनुहुन्छ । उहाँ कक्षा १२ मा स्थानीय विद्यालयमा अध्यनरत हुनुहुन्छ । बिदाको समयमा तरकारी खेतीमा सहभागी हुने गरेको उहाँले बताउनुभयो । चन्द्रमुखी कृषक समूहका अध्यक्ष जीवनप्रसाद यादवले १० बिघामा सामूहिकरुपमा तरकारी खेती गर्नुभएको छ । यस क्षेत्रमा घोरगाधा र बादरको आङ्तक रहेको बाबजुत पनि तरकारी खेतीबाट लाखौँको आम्दानी गर्न किसान पछि हटेको छैनन् । सबल नेपालले सोलार पम्प सहयोग गरेपछि तरकारी खेतीमा ऊर्जा थपिएको सदस्य रामवती महतोले बताउनुभयो ।

खडक नगरपालिका–४ अमहाका कृषक समूहले तरकारी खेतीबाट वार्षिक लाखौँ आम्दानी गर्दै आएका छन् । नगरपालिकाको अमाहा टोलका रामजानकी कृषक समूहका १८ सदस्यले तरकारी खेतीले वार्षिक रु ५० हजारदेखि रु दुई लाखसम्म आम्दानी गर्ने गरेका समूहका सदस्य सुनिता बस्नेतको भनाइ छ । सो बस्तीका करिब दुई सय परिवारले तरकारी खेती गर्दैआएका छन् । रासस