२५ भाद्र २०८३, बिहीबार
,
Latest
उद्योगीलाई लाञ्छित गर्ने मन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक : महासंघ प्रसारण लाइनको तार छुँदा घाइते भएकी रश्मी जैसीलाई विद्युत् प्राधिकरणले दियो १३ लाख ८१ हजार… एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य जलवायु परिवर्तनको विषयलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोेजक दाहाल गृहमन्त्रीको पत्रकारविरोधी अभिव्यक्ति फिर्ता लिन मानव अधिकारकर्मीको माग राप्रपा महाधिवेशनको तयारी तीव्र, ४४ जिल्लामा अधिवेशन सम्पन्न तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै नर्वेका जनप्रिय राजा हेराल्ड पाँचौँलाई आँसु र राजकीय सम्मानका साथ बिदाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जो बाइडेनद्वारा अमेरिकी राष्ट्रपतिमा फेरि उठ्ने घोषणा



अ+ अ-

अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी सन् २०२४ मा हुने अमेरिकी राष्ट्रपतिको चुनावमा उम्मेदवार हुने घोषणा गरेका छन् ।

सामाजिक संजालमा उनले एक भिडियो पोस्ट गर्दै डेमोक्रेटिक पार्टीबाट चुनिएका राष्ट्रपति बाइडेनले लोकतन्त्र र आधारभूत अधिकारको प्रत्याभूतिका लागि आफूले उम्मेदवारी दिन चाहेको बताएका छन् ।

बाइडेनले आफ्नो चुनावी अभियान सम्बन्धी सार्वजनिक गरेको पहिलो भिडियोमा आफू र उपराष्ट्रपति कमला ह्यारिस दुबैले आगामी चुनावमा भाग लिने घोषणा गरिएको छ ।

हाल ८० वर्ष पुगिसकेका बाइडेन सन् २०२४ मा हुने चुनाव जितेमा दोस्रो पूर्ण कार्यकालपछि ८६ वर्षका हुनेछन् । अमेरिकी इतिहासमा यो पहिलो घटना हुनेछ ।

यसअघि नै रिपब्लीकन पार्टीका तर्फबाट पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले उम्मेदवार हुने भन्दै प्रचारमा जुटिसकेका छन् । यी दुबैबीच अघिल्लो पटकको चुनावमा कडा टक्कर भएको थियो ।