४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलिउड निर्देशक तथा कलाकार चन्द्रशेखरको निधन



अ+ अ-

बलिउडका निर्देशक तथा कलाकार चन्द्रशेखरको निधन भएको छ । उहाँको ९७ बर्षको उमेरमा आज बिहान ७ बजे निधन भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

चन्द्रशेखरका छोरा अशोकले भारतीय मिडियासँग कुरा गर्दै उहाँको निधन सुतिरहेको समयमा भएको बताएका छन् । स्वास्थ्यमा कुनै समस्या नभएको भन्दै उहाँले शान्तिपूर्ण तरिकाले पिताले अन्तिम सास लिनुभएको हो । उहाँको अन्तिम संकार आज नै गर्ने तयारी उहाँको परिवारले गरेको छ । 

चन्द्रशेखरले हिट म्यूजिकल चलचित्र ‘चा चा चा’मा निर्देशक, निर्माता र नायकको रुपमा भूमिका निर्वाह गर्नु भएको थियो । उहाँले २५० भन्दा बढी चलचित्रमा काम गर्नुभयो।