३ आश्विन २०८१, बिहीबार
,
Latest
निर्वाचन प्रणाली निकै महंगो भयो, दलहरुले प्रतिनिधित्व छनोटमै ध्यान दिनुपर्छ – सभापति लामिछाने कांग्रेस सभापति रिसाएको दिन सरकार ढल्छ – रवि लामिछाने जोमसोममा बसपार्क सञ्चालन वर्तमान संविधान नेपाली जनताको लामो सङ्घर्षको दस्तावेज हो: परराष्ट्रमन्त्री राणा संसदीय समितिबाट १६ देशका लागि प्रश्तावित राजदुतको नाम पारित भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेकोे भीड अनेरास्ववियु कार्यवाहक अध्यक्षको जिम्मेवारी गिरीलाई गुलशनको विश्व कीर्तिमान, क्रिस गेल र शाहिद अफ्रिदीलाई पछि पारे संसद् भवन अगाडि संविधानको विरुद्धमा प्रदर्शन गर्ने ७ जना पक्राउ
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद बनेको कार्यकालभित्रै विवाह गर्ने कंगनाको संकेत



अ+ अ-

एजेन्सी । कंगना रनावत यतिबेला आफ्नो फिल्म ‘इमर्जेन्सी’ लाई लिएर चर्चामा छिन् । यसैबीच कंगनाले अहिले आफ्नो विवाहको विषयमा मौनता तोडेकी छिन् ।

एक अन्तर्वार्ताका क्रममा कंगनाले आफू विवाह कहिले गर्ने बताइन् । न्युज १८ लाई दिएको अन्तर्वार्तामा कंगनाले आफू बिहे गर्न चाहेको बताइन् । जब कंगनालाई यो सांसदको कार्यकालमा बिहे गर्ने हो भनेर सोधियो ? यसबारे कंगनाले भनिन्, ‘आशा छ, किनभने यसपछि बिहे गरेर कुनै फाइदा छैन ।’

कंगनालाई सोधियो कि उनी कहिले आफ्नो विवाहको अपेक्षा गर्न सक्छिन् । यसको जवाफ दिँदै अभिनेत्रीले हाँस्दै भनिन्, ‘पहिले मेरो फिल्म रिलिज गर, त्यसपछि अर्को पटक भन्छु ।’ चिराग पासवानको बारेमा सोधिएको प्रश्नमा कंगनाले भनिन्, ‘हामीबीच त्यस्तो केही छैन, उनी मेरो असल साथी हुन् । हामीले सँगै फिल्म पनि गरेका छौं, उनी एकदमै नम्र व्यक्ति छन् ।’

कंगना फिल्म ‘इमर्जेन्सी’ मा भारतकी पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिकामा देखिनेछिन् । यो चलचित्रको निर्देशन पनि उनले नै गरेकी हुन् । यससँगै कंगनाले हालै आफ्नो नयाँ फिल्म ‘भारत भाग्य विधाता’को पनि घोषणा गरेकी छिन् ।