१० भाद्र २०८३, बुधबार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद बनेको कार्यकालभित्रै विवाह गर्ने कंगनाको संकेत



अ+ अ-

एजेन्सी । कंगना रनावत यतिबेला आफ्नो फिल्म ‘इमर्जेन्सी’ लाई लिएर चर्चामा छिन् । यसैबीच कंगनाले अहिले आफ्नो विवाहको विषयमा मौनता तोडेकी छिन् ।

एक अन्तर्वार्ताका क्रममा कंगनाले आफू विवाह कहिले गर्ने बताइन् । न्युज १८ लाई दिएको अन्तर्वार्तामा कंगनाले आफू बिहे गर्न चाहेको बताइन् । जब कंगनालाई यो सांसदको कार्यकालमा बिहे गर्ने हो भनेर सोधियो ? यसबारे कंगनाले भनिन्, ‘आशा छ, किनभने यसपछि बिहे गरेर कुनै फाइदा छैन ।’

कंगनालाई सोधियो कि उनी कहिले आफ्नो विवाहको अपेक्षा गर्न सक्छिन् । यसको जवाफ दिँदै अभिनेत्रीले हाँस्दै भनिन्, ‘पहिले मेरो फिल्म रिलिज गर, त्यसपछि अर्को पटक भन्छु ।’ चिराग पासवानको बारेमा सोधिएको प्रश्नमा कंगनाले भनिन्, ‘हामीबीच त्यस्तो केही छैन, उनी मेरो असल साथी हुन् । हामीले सँगै फिल्म पनि गरेका छौं, उनी एकदमै नम्र व्यक्ति छन् ।’

कंगना फिल्म ‘इमर्जेन्सी’ मा भारतकी पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिकामा देखिनेछिन् । यो चलचित्रको निर्देशन पनि उनले नै गरेकी हुन् । यससँगै कंगनाले हालै आफ्नो नयाँ फिल्म ‘भारत भाग्य विधाता’को पनि घोषणा गरेकी छिन् ।