८ पुष २०८२, मंगलवार
,
Latest
एमाले उपमहासचिव भट्टराईद्वारा सचिवालय बैठक बोलाउन माग प्रधानमन्त्री कार्कीलाई काँग्रेसको जवाफः तपाईंकै जेठो छोराले निर्वाचन हुन दिन्न भनेपछि हाम्रो के लाग्छ फागुन २१ मा निर्वाचन गर्नुको विकल्प छैनः सञ्चारमन्त्री खरेल महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ: प्रधानन्यायाधीश पालिकास्तरीय चित्रकला कार्यशाला सम्पन्न दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ व्यास नगरपालिकामा फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी डलरको भाउ बढ्दा तिर्न बाँकी ऋणको दायित्व चुलियो पोखरेबगर–घोडेपानी सडक स्तरोन्नति सुरु सुनको मूल्यमा भारी वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

चरा ठोक्किएको भ्रम फैलाएको भन्दै फ्लाई दुबईका दुई म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक



अ+ अ-

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईको विमानमा चरा ठोक्किएको भनी भ्रम फैलाउने उक्त विमानका दुई म्यानेजरलाई कारबाही गरेको छ ।

प्राधिकरणले चरा ठोक्किएको प्रमाण नभेटिएको र भ्रम फैलाएको ठहर गर्दै दुई म्यानेजरलाई कारबाही गर्दै विमानस्थल प्रवेशमा रोक लगाई उनीहरूको एयरपोर्ट पास समेत निष्क्रिय पारेको छ ।

कारबाहीमा पर्नेमा फ्लाई दुबईका कन्ट्री म्यानेजर र एयरपोर्ट म्यानेजर रहेका छन् ।

सोमबार राति ९ः२० बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाजको एउटा इन्जिनमा समस्या आएपछि आगोको झिल्को र ठूलो आवाज आएको थियो।

तर दुबईको आधिकारिक पेजबाट उक्त जहाजमा चरा ठोक्किएको उल्लेख थियो । एउटा इन्जिनमा समस्या आए पनि उक्त जहाज दुबई पुग्ने अवस्थामा भएकाले गन्तव्यका लागि उडेको थियो ।

“हिजो रातिको फ्लाई दुबई फ्लाइट नम्बर एफडिजेड ५७६ काठमाडौं९दुबई उडानमा चरा ठोक्किएको भनेर भ्रमपूर्ण समाचार फैलाएकाले फ्लाई दुबईका कन्ट्री म्यानेजर र एयरपोर्ट म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक लगाई उनीहरूको एयरपोर्ट पास समेत निष्क्रिय पारिएको छ”, प्राधिकरणले भनेको छ।