२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नरैनापुरका अग्नी पीडितलाई तत्काल राहत उपलब्ध गराउन सांसद ढकालको माग



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाका सांसद सुर्यप्रसाद ढकालले बाँकेस्थित नरैनापुर गाउँपालिकाका अग्नी पीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गर्नु भएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले सो गाउँपालिकामा आगलागिबाट १२ घर, गोठ, अन्न, लत्ताकपडा, भाडाकुँडा र चौपाय जलेर नष्ट हुँदा करिव २५ लाख भन्दा बढिको क्षति भएको उल्लेख गर्दै तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको हो ।

सांसद ढकालले भन्नु भयो, ‘यही बैशाख ८ गते बाँके क्षेत्र नम्बर १ नरैनापुर गाउँपालिकामा १२ वटा घर, गोठ, अन्न, लत्ताकपडा, भाडाकुडा र पशुचौपाय जलेर पूर्ण रुपमा नष्ट भएको छ । २५ लाख भन्दा बढिको क्षति भएको छ । छिटो भन्दा छिटो यी अग्नी पीडितहरुलाई राहत उपलब्ध गराउन सभामुखमार्फत नेपाल सरकारसँग माग गर्दछु ।’

गत बैशाख ८ गते सो गाउँपालिकामा आगलागि भएको थियो । अहिलेसम्म पनि राहत नपाएपछि पीडितहरु खुला आकाशमा बस्न बाध्य भएको बताइएको छ ।