२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नरैनापुरका अग्नी पीडितलाई तत्काल राहत उपलब्ध गराउन सांसद ढकालको माग



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाका सांसद सुर्यप्रसाद ढकालले बाँकेस्थित नरैनापुर गाउँपालिकाका अग्नी पीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गर्नु भएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले सो गाउँपालिकामा आगलागिबाट १२ घर, गोठ, अन्न, लत्ताकपडा, भाडाकुँडा र चौपाय जलेर नष्ट हुँदा करिव २५ लाख भन्दा बढिको क्षति भएको उल्लेख गर्दै तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको हो ।

सांसद ढकालले भन्नु भयो, ‘यही बैशाख ८ गते बाँके क्षेत्र नम्बर १ नरैनापुर गाउँपालिकामा १२ वटा घर, गोठ, अन्न, लत्ताकपडा, भाडाकुडा र पशुचौपाय जलेर पूर्ण रुपमा नष्ट भएको छ । २५ लाख भन्दा बढिको क्षति भएको छ । छिटो भन्दा छिटो यी अग्नी पीडितहरुलाई राहत उपलब्ध गराउन सभामुखमार्फत नेपाल सरकारसँग माग गर्दछु ।’

गत बैशाख ८ गते सो गाउँपालिकामा आगलागि भएको थियो । अहिलेसम्म पनि राहत नपाएपछि पीडितहरु खुला आकाशमा बस्न बाध्य भएको बताइएको छ ।




भर्खरै