२१ मंसिर २०८२, आईतवार
,
Latest
मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहणः सुशासन पहिलो प्राथमिकता एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र पूर्वराष्ट्रपति भण्डारीले खण्डहर बनेको सिंहदरबारको अवलोकन गर्नुहुँदै नेपालमा लैङ्गिक हिंसाको बहुआयामिक चुनौतीः कानूनी ढाँचा मजबुत भएपनि कार्यान्वयन कमजोर मधेसका मुख्यमन्त्रीद्वारा मन्त्रीमण्डल विस्तार गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको मृत्यु लगानीका लागि स्थायित्व जरुरी छः सिइओ ज्ञवाली राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमानमा चरा ठोक्किएको हल्ला प्रमाणित भएको छैन– मन्त्री किराती



फाईल फोटो
अ+ अ-

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गएराति फ्लाइ दुबईको जहाजमा चरा ठोकिएको हल्ला अहिलेसम्म प्रमाणित नभएको बताउनुभएको छ ।

काठमाडौँबाट उडेलगत्तै फ्लाइ दुबईको विमानबाट विस्फोटको आवाज आएपछि जहाज केहिबेर काठमाडौँ र धादिङको आकाशमा होल्ड गराएर आफ्नो गन्तव्य दुबई नै गएको थियो ।

जहाजमा चरा ठोक्किए पनि दुबईमा सकुशल अवतरण गरेको फ्लाइ दुबईले जनाएको छ । तर मन्त्री किरातीले सामाजिक सञ्जाल फेसबुकमार्फत नकारात्मक हल्ला गर्ने बानी सबैलाई छाड्न आग्रह गर्नुभएको छ । “‘कागले कान लग्यो भनेर कागलाई खेद्नु भन्दा पहिला आफ्नो कान छाम्नु पर्छ नत्र लडिन्छ’ मेरो आमाले भन्नुहुन्थ्यो”, उहाँले भन्नुभएको छ ।

आफूले गाउँमा गाईभैँसी गोठालो गरेर आएको र अहिले शहरमा हवाईजहाजको गोठालो गर्दैछु भन्दै लेख्नुभएको छ, “गाई भैंसी भन्दा हवाईजहाजको गोठालो गर्न धेरै कठिन रहेछ । आजराति मैले राम्ररी थाहा पाएँ । र जहाँ सम्म जहाजमा चरा ठोकिएको हल्ला अहिलेसम्म प्रमाणित नभएको कुरा पनि सबैमा स्पष्ट गर्दछु ।”

मन्त्री किरातीको फेसबुक स्टाटस यस्तो छ–

गाउँमा गाई भैंसी गोठालो गरेर आएको मान्छे हुँ, आज शहरमा हवाईजहाजको गोठालो गर्दैछु। गाई भैंसी भन्दा हवाईजहाजको गोठालो गर्न धेरै कठिन रहेछ। आज राति मैले राम्ररी थाहा पाएँ ।

र जहाँसम्म जहाजमा चरा ठोकिएको हल्ला अहिले सम्म प्रमाणित नभएको कुरा पनि सबैमा स्पष्ट गर्दछु ।

कृपया मेरो सबैमा बिन्ती छ नकरात्मक हल्ला गर्ने बानी हामी सबैले छोडौं । “कागले कान लग्यो भनेर कागलाई खेद्नु भन्दा पहिला आफ्नो कान छाम्नु पर्छ नत्र लडिन्छ” मेरो आमाले भन्नुहुन्थ्यो ।