२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा सांसद ढाका आजबाट पदमुक्त



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठ आजबाट पदमुक्त हुने भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुखले सांसद ढाका पदमुक्त भएको संसदलाई जानकारी गराउने भएका छन् ।

केहीबेरमा सूरू हुने प्रतिनिधिसभा बैठकको कार्यसूचीमा समामुख देवराज घिमिरले राजनीतिक दलसम्बन्धी ऐनबमोजिम दलबाट निष्कासन गरेको सूचनाको जानकारी गराउने तय भएको छ ।

व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड डिल गरेको आरोपमा रास्वपाले सांसदसहित पार्टीको साधारण सदस्यसमेत नरहने गरी श्रेष्ठलाई कारबाही गरेको थियो ।

श्रेष्ठ रास्वपामा समानुुपातिक कोटाका सांसद थिए । रास्वपालेउनको ठाउँमा विन्दवासिनी कंशाकारलाई सांसद बनाउने निर्णय गरेको छ । सभामुखले आज संसदमा जानकारी गराएपछि कंशाकारलाई निर्वाचन आयोगले सांसद नियुक्तीको तयारी गर्नेछ ।