काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन विमानस्थलबाट उडेको फ्लाइ दुबईको जहाज सुरक्षित रुपमा गन्तव्यतर्फ गएको जनाउनु भएको छ ।
सामाजिक संञ्जल मार्फत मन्त्री किरातीले फ्लाई दुवई जहाज सुरक्षित आफ्नो गन्तव्य तिर जाँदैछ कोहीचिन्ता नगर्नु होला सबैलाई शुभयात्रा भन्ने सन्देश पोष्ट गर्नुभएको छ ।
काठमाडौँबाट दुबइका लागि ९ः१९ मा उडेको जहाजको इन्जिनमा आगो लागेको थियो । आकस्मिक अबतरणका लागि त्रिभुवन विमानस्थललाई तयारी अबस्थामा राखिएको थियो ।