• १० भाद्र २०८१, सोमबार
  •      Mon Aug 26 2024
  •   Unicode
Logo
Latest
★   राधाकृष्ण मन्दिरमा दर्शनार्थीको घुइँचो – फोटोफिचर ★   २२ अर्ब नै विद्युत् महसुल उठाइनु पर्छ, १६ अर्ब किन छुट दिइयो भन्ने जवाफ पनि… ★   भवन निर्माण गर्दा नदीको दायाँबायाँ २० मिटर छोड्नु पर्ने महानगरको निर्णयमा एमालेको असहमति , प्रधानमन्त्रीलाई… ★   बालबालिकालाई श्रीकृष्णको रुपमा किन सजाइन्छ ? फोटो फिचर ★   बागलुङको पञ्चकोटलाई अन्नदान क्षेत्र बनाइने ★   बुन्डेसलिगामा बायर्नको जित ★   रियलको सहज जित ★   वल्भ्सको पोस्टमा चेल्सीको आधा दर्जन गोल ★   भरतपुर महानगरका २ सय ६६ विद्यार्थीले पाए पूर्ण छात्रवृत्ति ★   पुरस्कारको रकमबाट विद्यालयमा ‘इन्टरएक्टिभ टचस्क्रिन स्मार्ट बोर्ड’ जडान

संसदीय समितिको भागबन्डा मिल्यो, एमालेलाई ३ समितिको नेतृत्व



काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमालेले प्रतिनिधिसभाका १० विषयगत समितिमध्ये एउटा विशेष समिति र अरु दुई गरी तीनवटा समितिको नेतृत्व पाउने भएको छ ।

एमालेले उक्त समितिमध्ये सार्वजनिक लेखा समिति र अर्को कुनै समिति पाउने एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘तीन दलका शीर्ष नेताहरुको बैठक बस्यो, छलफलका क्रममा रहेका विषयहरु टुंगोमा पुगेका छन् । दुई वटा संयुक्त समिति छन् । त्यसमा संसदीय सुनुवाई समितिमा सभापति नेपाली काँग्रेसले प्राप्त गर्ने, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सभापति नेकपा एमालेले गर्ने सहमति भएको छ । प्रतिनिधि सभामा भएका १० विषयगत समितिमध्ये नेकपा एमालेले लेखा समिति र थप अर्को कुनै समितिको नेतृत्व नेकपा एमालेले लिने सहमति भएको छ । अर्को संवैधानिक परिषद्सम्बन्धी जुन विधेयकहरु छलफल भइरहेको छ, त्यसलाई संसदबाट नै पारित गरेर अघि बढ्ने सहमति भएको छ । संक्रमणकालीन न्यायसँग सम्बन्धीत विधेयकमा भने विशेष समिति गठन गर्ने र त्यसमा पठाएर छलफलल भएर अघि बढाउने सहमति भएको छ । विशेष समिति १५ सदस्यीय हुन्छ । संसदीय सुनुवाई समितिमा नेकपा एमालेले ४ जना सदस्य नै पाउँछ । अधिवेशन १५ गतेसम्म चल्छ ।’

प्रतिनिधिसभाबाट गत चैत १९ मा पारित नियमावलीअनुसार प्रतिनिधिसभामा अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानुन, न्याय तथा मानवअधिकार, कृषि, सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक मामिला, राज्य व्यवस्था तथा सुशासन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि र सार्वजनिक लेखा गरी १० वटा समिति रहनेछन्  । अन्य समितिको नेतृत्वमा सत्तारुढ दलबाटै आ–आफूले भागबन्डा मिलाउनेछन् ।

संसदीय सुनुवाइ समितिमा कांग्रेस र एमालेका ४/४ सदस्य हुनेछन् । अन्य सदस्यहरुमा माओवादी, रास्वपा, राप्रपा, जसपाका सदस्य रहनेछन् ।