१६ भाद्र २०८३, मंगलवार
,
Latest
गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध जलवायु परिवर्तनको प्रभावलाई पनि राखेर हेर्दा यो जोखिम अहिले भोटेकोसी र रसुवामा आएको जोखिममा मात्र… प्रतिनिधिसभा बैठक बुधबार बस्दै भोटेकोशी बाढी : चार हजार २७० जनाको उद्धार, चार हजार ५९९ अझै बेपत्ता झाङ्मु पोर्ट अनिश्चितकालको लागि बन्द सुदूरपश्चिमका नागरिकको उद्धारमा जुट्न मुख्यमन्त्री भट्टको निर्देशन पोखरामा भोटेकोशी बाढीमा ज्यान गुमाएका १६ जनाको सनाखत, अन्य शवको व्यवस्थापन गरिँदै (तस्बिरहरु) जुम्ला उद्योग वाणिज्य संघले बाढीपीडितलाई सहयोग बाढीपीडितका लागि मधेस सरकारले आज दोस्रो चरणको राहत पुर्‍याउँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय समितिको भागबन्डा मिल्यो, एमालेलाई ३ समितिको नेतृत्व



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमालेले प्रतिनिधिसभाका १० विषयगत समितिमध्ये एउटा विशेष समिति र अरु दुई गरी तीनवटा समितिको नेतृत्व पाउने भएको छ ।

एमालेले उक्त समितिमध्ये सार्वजनिक लेखा समिति र अर्को कुनै समिति पाउने एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘तीन दलका शीर्ष नेताहरुको बैठक बस्यो, छलफलका क्रममा रहेका विषयहरु टुंगोमा पुगेका छन् । दुई वटा संयुक्त समिति छन् । त्यसमा संसदीय सुनुवाई समितिमा सभापति नेपाली काँग्रेसले प्राप्त गर्ने, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सभापति नेकपा एमालेले गर्ने सहमति भएको छ । प्रतिनिधि सभामा भएका १० विषयगत समितिमध्ये नेकपा एमालेले लेखा समिति र थप अर्को कुनै समितिको नेतृत्व नेकपा एमालेले लिने सहमति भएको छ । अर्को संवैधानिक परिषद्सम्बन्धी जुन विधेयकहरु छलफल भइरहेको छ, त्यसलाई संसदबाट नै पारित गरेर अघि बढ्ने सहमति भएको छ । संक्रमणकालीन न्यायसँग सम्बन्धीत विधेयकमा भने विशेष समिति गठन गर्ने र त्यसमा पठाएर छलफलल भएर अघि बढाउने सहमति भएको छ । विशेष समिति १५ सदस्यीय हुन्छ । संसदीय सुनुवाई समितिमा नेकपा एमालेले ४ जना सदस्य नै पाउँछ । अधिवेशन १५ गतेसम्म चल्छ ।’

प्रतिनिधिसभाबाट गत चैत १९ मा पारित नियमावलीअनुसार प्रतिनिधिसभामा अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानुन, न्याय तथा मानवअधिकार, कृषि, सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक मामिला, राज्य व्यवस्था तथा सुशासन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि र सार्वजनिक लेखा गरी १० वटा समिति रहनेछन्  । अन्य समितिको नेतृत्वमा सत्तारुढ दलबाटै आ–आफूले भागबन्डा मिलाउनेछन् ।

संसदीय सुनुवाइ समितिमा कांग्रेस र एमालेका ४/४ सदस्य हुनेछन् । अन्य सदस्यहरुमा माओवादी, रास्वपा, राप्रपा, जसपाका सदस्य रहनेछन् ।