२९ भाद्र २०८३, सोमबार
,
Latest
प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

वल्भ्सको पोस्टमा चेल्सीको आधा दर्जन गोल



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सानदार जित निकालेको छ ।

गएराति भएको खेलमा चेल्सीले वल्भ्सलाई उसकै घरेलु मैदानमा ६–२ गोलले पराजित गरेको हो । चेल्सीको फराकिलो जितमा नोनी मादुएकेले ह्याट्रिक गरे भने निकोलास ज्याक्सन, कोल पाल्मेर र जोआओ फेलिक्सले एक–एक गोल गरे । यता, वल्भ्सका म्थाथ्यु कुन्हा र जोर्गेन स्ट्रान्ड लार्सेनले गरेको गोल सान्त्वना गोल हुन पुग्यो ।

खेलको दोस्रो मिनेटमा नै ज्याक्सनको गोलबाट चेल्सीले खेलमा अग्रता बनाएको थियो । २७ औं मिनेटमा कुन्हाले गोल गर्दै वल्भ्सलाई १–१ को बराबरीमा ल्याए । ४५ औं मिनेटमा पाल्मेरले गोल गर्दै चेल्सीलाई २–१ गोलले अघि बढाए । इन्जुरी समयमा लार्सेनले गोल गरेपछि पहिलो हाफ २–२ गोलको बराबरीमा सकियो ।

दोस्रो हाफमा चेल्सीले चार गोल थप्यो । मादुएकेले ४९, ५८ र ६३ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरे भने फेलिक्सले ८० औं मिनेटमा गोल गर्दै चेल्सीलाई ६–२ को जित दिलाए । यसअघि पहिलो खेलमा हार बेहोरेको चेल्सीले यो जितसँगै ३ अंक बटुलेको छ । वल्भ्सको भने यो लगातार दोस्रो हार हो ।