२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेयर बजारमा झिनो अङ्कको सुधार



symbolic picture
अ+ अ-

काठमाडौँ । यो साता पहिलो दिन कारोबार दोहोरो अङ्कको गिरावट देखिएको पुँजीबजारमा आज दोस्रो दिन भने झिनो अङ्कको सुधार देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दुई दशमलव ७१ अङ्कले बढेर एक हजार आठ सय ८८ दशमलव ३२ अङ्क कायम भएको हो ।

आज दुई सय ७० वटा कम्पनीको २२ लाख ६० हजार आठ सय २३ कित्ता शेयर ३३ हजार दुई सय १३ पटक खरिदबिक्री हुँदा कारोबार रकम भने रू ७५ करोड १३ लाख ३० हजार तीन सय ९३ मा खुम्चिएको छ ।

आज बैंकिङ, होटल तथा पर्यटन, लगानी र निर्जीवन बीमा समूहको उपसूचक घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ । बैंकिङ समूह शून्य दशमलव १६, होटल तथा पर्यटन समूह ६५ दशमलव ८२, लगानी समूह शून्य दशमलव ०८ र निर्जीवन बीमा समूह १९ दशमलव १९ अङ्कले घटेको हो ।

आज सबैभन्दा धेरै जीवन बीमा समूह ८२ दशमलव १० अङ्क र उत्पादन तथा प्रशोधन समूह २५ दशमलव ९८ अङ्कले बढेको छ । त्यस्तै विकास बैंक समूह २४ दशमलव ५४, वित्त समूह सात दशमलव १४, जलविद्युत् समूह सात दशमलव २२ र लघुवित्त समूह तीन दशमलव ९५ अङ्कले बढेको छ । त्यस्तै म्युचुअल फन्ड शून्य दशमलव १६, व्यापार समूह चार दशमलव ४६ र अन्य समूह चार दशमलव ४९ अङ्कले बढेको छ ।

आजको कारोबारमा सबैभन्दा धेरै पिपुल्प पावर लिमिटेडको शेयर मूल्य आठ दशमलव ११ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा नौ दशमलव ६२ प्रतिशतको गिरावट देखिएको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज कालिञ्चोक दर्शन लिमिटेड पहिलो स्थानमा देखिएको छ । यो कम्पनीको रू आठ करोड ८१ लाख ७८ हजार दुई सय २१ बराबरको एक लाख पाँच हजार छ सय ३६ कित्ता शेयर किनबेच भएको छ । रासस