९ श्रावण २०८३, शनिबार
,
Latest
सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकतन्त्र दिवसले अक्षम राजनीतिककर्मीको जञ्जालबाट मुलुकलाई मुक्ति देओस्– रवि लामिछाने



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्तन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले लोकतन्त्र दिवसले तमाम अक्षम राजनीतिककर्मीको जञ्जालबाट मुलुकलाई मुक्ति देओस् भन्दै अब मुलुक युवाले हाँक्ने बताउनुभएको छ ।

लोकतन्त्र दिवसका अवसरमा सामाजिक सञ्जाल फेसबुकमा मुलुकलाई यो विन्दुसम्म ल्याउन सयौँले जीवनको आहूति दिएको भन्दै तर मलुक दशकौँदेखि जहाँ थियो अहिले पनि त्यहीँ रहेको बताउनुभएको छ ।

उहाँले वैशाख ११ को लोकतन्त्र दिवस मनाइरहँदा ऐतिहासिक राजनीतिक परिवर्तनले त्यो बलिदानीको मर्म जोगाउन सक्यो कि सकेन रु राजनीतिक चरित्र सुधार्न सक्यो कि सकेन रु भन्दै व्यवस्था सुध्रिए पनि नागरिकको अवस्था नसुध्रिएको टिप्पणी गर्नुभयो ।

उहाँले फेसबुकमा लेख्नुभएको छ–

यो देशलाई यो बिन्दुसम्म ल्याउन कयौंले जीवनको आहूति दिएका छन् । वैशाख ११ को लोकतन्त्र दिवस मनाइरहँदा कहिलेकाहीँ सोच्छु— ऐतिहासिक राजनीतिक परिवर्तनले त्यो बलिदानीको मर्म जोगाउन सक्यो कि सकेन रु राजनीतिक चरित्र सुधार्न सक्यो कि सकेन रु अहिलेको देश देख्दा लाग्छ— हामी दशकौं पहिले जहाँ थियौं, अहिले पनि त्यहीँ छौं । व्यवस्था त सुध्रियो, नागरिकको अवस्था सुध्रिएन । यो लोकतन्त्र दिवसले ती तमाम अक्षम राजनीतिककर्मीको जञ्जालबाट मुलुकलाई मुक्ति देओस् । यो देश अब युवाले हाँक्छन् ।