• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

नरभक्षी बाघलाई चिडियाखानामा राखियो, महाराजासँग जोडी बाँधिदिने



फाईल फोटो

काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँंटा राष्ट्रिय निकुञ्ज क्षेत्रको नरभक्षी बाघलाई नियन्त्रणमा लिई आईतवार सदर चिडियाखाना, जावलाखेलमा ल्याइएको छ ।

निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकको सहयोगमा बाघलाई सदर चिडियाखाना, जावलाखेलमा राखिएको हो । वैशाख ८ गते कञ्चनपुर, बेलौरी नगरपालिका–८ पचुई गाउँ क्षेत्रमा पर्ने खप्टी नालामा ४२ वर्षीया गंगादेवी चन्दलाई आक्रमण गरेको थियो । आक्रमणपछि उहाँको निधन भएको थियो ।

अन्य महिला भाग्न सफल भई उद्धारका लागि कुण्डा सव डिभिजन वन कार्यालयमा खबर गरेपश्चात आक्रमणमा परेकी महिलाको उद्धार र बाघ नियन्त्रण कार्यमा डिभिजन वन कार्यालय कञ्चनपुर, निकुञ्ज कार्यालय (हात्ती सहित), नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, कोषको शुक्लाफाँटा संरक्षण कार्यालयलगायतका निकाय क्रियाशील भइ बाघ नियन्त्रणमा लिइ भिडियाखानामा ल्याइएको हो ।

बाघ नियन्त्रणमा लिइ चिडियाघरमा ल्याइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव शरद अधिकारीले बाघले धेरै मानिसहरुलाई क्षति गरेकाले नियन्त्रणमा लिइ चिडियाखानामा राखिएको बताउनु भयो । उहाँले अहिले चिडियाखानामा ४ वटा बाघ राख्नसक्ने क्षमता भएपनि ५ वटा बाघ रहेको बताउनु भयो । उहाँले आईतवार ल्याइएको बाघसहित ५ वटा बाघमध्ये ४ वटा भाले बाघ र एउटा पोथी बाघ रहेको बताउनु भयो । उहाँले चिडियाखानमा एउटा महाराजा नामक बाघ रहेको र उसलाई जोडी बनाउने गरी कञ्चनपुरबाट ल्याइएको बाघ महारानी नाम दिएर राख्ने योजना रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो बाघ कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ८ मा सिमसार जस्तो क्षेत्रमा गंगादेवी चन्द, ४२ वर्षको उहाँलाई आक्रमण गर्दा मृत्यु भयो । हाम्रो साथीहरुले हिजो बिहान धेरै चाँडो यो बाघ नियन्त्रणमा लिन सक्नुभयो । बाघले नेपालमा धेरै मानिसको क्षति गरेको छ । यस्ता बाघलाई नसमाति उपाय नै छैन, त्यसैले पनि यो बाघलाई नियन्त्रण लिएर चिडियाखानामा ल्याएका हौँ ।

‘यहाँ दुई जोडी बाघ राख्नसक्ने क्षमता छ, अहिले ५ वटा छन्, जसमा ४ भाले र पोथी एक बाघ छ, पोथी बाघलाई यहाँ ल्याउनुको कारण कुनै एक भाले बाघसँग जोडी मिले राख्ने सोच छ । यहाँ एउटा महाराजा भन्ने बाघ छ, त्योसँग जोडी मिलेर मिलाएर राख्ने सोच छ । यी दुई बाघ मिले भने महाराज, महारानी नाम मिलाएर राख्ने सोच छ ।’

उद्धार गरिएको पोथी बाघ अन्दाजी पाँच वर्ष उमेरको रहेको र घटना भएको क्षेत्र नजिकको भारतीय वन क्षेत्रमा विगत एक महिनाको अवधिमा थप दुई जना (एक जना नेपालीसहित) को बाघका कारण ज्यान गएको पाइएको सदस्यसचिव अधिकारीले बताउनु भयो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र वरपरको क्षेत्रमा ३६ वटा वयस्क पाटेबाघ रहेको अनुमान गरिएको छ ।