६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नरभक्षी बाघलाई चिडियाखानामा राखियो, महाराजासँग जोडी बाँधिदिने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँंटा राष्ट्रिय निकुञ्ज क्षेत्रको नरभक्षी बाघलाई नियन्त्रणमा लिई आईतवार सदर चिडियाखाना, जावलाखेलमा ल्याइएको छ ।

निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकको सहयोगमा बाघलाई सदर चिडियाखाना, जावलाखेलमा राखिएको हो । वैशाख ८ गते कञ्चनपुर, बेलौरी नगरपालिका–८ पचुई गाउँ क्षेत्रमा पर्ने खप्टी नालामा ४२ वर्षीया गंगादेवी चन्दलाई आक्रमण गरेको थियो । आक्रमणपछि उहाँको निधन भएको थियो ।

अन्य महिला भाग्न सफल भई उद्धारका लागि कुण्डा सव डिभिजन वन कार्यालयमा खबर गरेपश्चात आक्रमणमा परेकी महिलाको उद्धार र बाघ नियन्त्रण कार्यमा डिभिजन वन कार्यालय कञ्चनपुर, निकुञ्ज कार्यालय (हात्ती सहित), नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, कोषको शुक्लाफाँटा संरक्षण कार्यालयलगायतका निकाय क्रियाशील भइ बाघ नियन्त्रणमा लिइ भिडियाखानामा ल्याइएको हो ।

बाघ नियन्त्रणमा लिइ चिडियाघरमा ल्याइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव शरद अधिकारीले बाघले धेरै मानिसहरुलाई क्षति गरेकाले नियन्त्रणमा लिइ चिडियाखानामा राखिएको बताउनु भयो । उहाँले अहिले चिडियाखानामा ४ वटा बाघ राख्नसक्ने क्षमता भएपनि ५ वटा बाघ रहेको बताउनु भयो । उहाँले आईतवार ल्याइएको बाघसहित ५ वटा बाघमध्ये ४ वटा भाले बाघ र एउटा पोथी बाघ रहेको बताउनु भयो । उहाँले चिडियाखानमा एउटा महाराजा नामक बाघ रहेको र उसलाई जोडी बनाउने गरी कञ्चनपुरबाट ल्याइएको बाघ महारानी नाम दिएर राख्ने योजना रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो बाघ कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ८ मा सिमसार जस्तो क्षेत्रमा गंगादेवी चन्द, ४२ वर्षको उहाँलाई आक्रमण गर्दा मृत्यु भयो । हाम्रो साथीहरुले हिजो बिहान धेरै चाँडो यो बाघ नियन्त्रणमा लिन सक्नुभयो । बाघले नेपालमा धेरै मानिसको क्षति गरेको छ । यस्ता बाघलाई नसमाति उपाय नै छैन, त्यसैले पनि यो बाघलाई नियन्त्रण लिएर चिडियाखानामा ल्याएका हौँ ।

‘यहाँ दुई जोडी बाघ राख्नसक्ने क्षमता छ, अहिले ५ वटा छन्, जसमा ४ भाले र पोथी एक बाघ छ, पोथी बाघलाई यहाँ ल्याउनुको कारण कुनै एक भाले बाघसँग जोडी मिले राख्ने सोच छ । यहाँ एउटा महाराजा भन्ने बाघ छ, त्योसँग जोडी मिलेर मिलाएर राख्ने सोच छ । यी दुई बाघ मिले भने महाराज, महारानी नाम मिलाएर राख्ने सोच छ ।’

उद्धार गरिएको पोथी बाघ अन्दाजी पाँच वर्ष उमेरको रहेको र घटना भएको क्षेत्र नजिकको भारतीय वन क्षेत्रमा विगत एक महिनाको अवधिमा थप दुई जना (एक जना नेपालीसहित) को बाघका कारण ज्यान गएको पाइएको सदस्यसचिव अधिकारीले बताउनु भयो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र वरपरको क्षेत्रमा ३६ वटा वयस्क पाटेबाघ रहेको अनुमान गरिएको छ ।