३ भाद्र २०८३, बुधबार
,
Latest
बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’ साइबर आक्रमणपछि ओपनएआइद्वारा उन्नत एआई विकासमा लगाम जाम्बियामा विपक्षीको ‘मनमानी’ गिरफ्तारी रोक्न संयुक्त राष्ट्रसङ्घको आग्रह बालश्रम सम्बन्धी विधेयक अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल छः श्रममन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेर्पा र सातदोबाटोले अंक बाँडे



file photo
अ+ अ-

काठमाडौँ । हिमालयन शेर्पा क्लब र सातदोबाटो युथ क्लवले राजधानीमा जारी शहीद स्माकर ए डिभिजन लिगमा आईतवार बराबरी खेल्दै अंक बाँडेका छन् ।

ललितपुरस्थित च्यासल मैदानमा ११ औं चरणको खेल अन्तर्गतको खेलमा हिमालयन शेर्पा र सातदोबाटो युथ क्लवले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । निकै रोमाञ्चक बनेको खेलमा सातदोबाटो युथ क्लवका लागि दीपकराज सिंह ठकुरीले दुई गोल गर्दा हिमालनका लागि निशान लिम्बू र सुशिल राईले एक÷एक गोल आफ्नो नाममा लेखाए ।

आक्रामक रणनीतिका साथ मैदान उत्रिएको सातदोबाटोले पहिलो मिनेटमा नै गोलको खाता खोलेको थियो । दीपकले पासाङ लामाको क्रसलाई पेनाल्टी बक्स भित्रबाट हेडमार्फत दीपकराजले गोलमा परिणत गरेका थिए । ११ औं मिनेटमा दीपकराजले टोलीका लागि तथा व्यक्तिगत दोस्रो गोल थप्दा सातदोबाटोले पहिलो हाफमा २–० को अग्रता पाएको थियो ।

दोस्रो हाफमा सुधारिएको खेल देखाएको हिमालयन शेर्पा खेलमा फर्किन सफल भयो । ७१ औं मिनेटमा निशान लिम्बूले गोल गर्दै खेलमा फर्किने संकेत देखाए । अबायमी फकुन्लेको पासलाई सदुपयोग गर्दै निशानले गोल गरेका थिए ।

अग्रता छोट्याएसँगै मनोबल बटुलेको हिमालयन शेर्पाले ८९ औं मिनेटमा दोस्रो गोल गर्दै खेल बराबरीको अवस्थामा ल्यायो । हिमालयनका लागि सुशिलले कप्तान विश्वास श्रेष्ठको क्रसलाई जाली चुमाउँदै खेलमा फर्काएका थिए । बाँकी समयमा दुवै टोलीले काउन्टरको गर्दै स्पष्ट अंक जोड्नका लागि प्रयास गरेपनि सफल हुन भने सकेनन् ।

यससँगै दुवै टोलीले शहीद स्मारक ए डिभिजन लिग तालिकामा समान १–१ अंक जोड्न सफल भएका छन् । सातदोबाटोले ११ खेलमा १८ अंक जोडेको छ भने समान खेल खेलेको हिमालयनको १० अंक भएको छ ।

लिगमा सोमवारबाट १२ औं चरणका खेल हुनेछन् । १२ औं चरणको खेल अन्तगर्त सोमवार विभागीय टोली एपिएफ क्लव र खुमलटार युथ क्लवबीच एन्फा मुख्यालयमा खेल हुनेछ ।