२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिसी प्रिमियर कप: जतिन्दरको शतकमा ओमानको सानदार जित



अ+ अ-

काठमाडौं । एसिसी प्रिमियर कपमा ओपनर जतिन्दर सिंहको सानदार शतकमा ओमानले मलेसियालाई ८ विकेटले पराजित गरेको छ ।

मलेसियाले जितको लागि दिएको २ सय २८ रनको मध्यम विजयी लक्ष्य ओमानले ४१.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।

ओमानको जितमा जतिन्दर १ सय १ रनमा नटआउट रहे । उनले १ सय ११ बलमा १३ चौका र १ छक्का प्रहार गरे । कप्तान जिशान मकसुदले ५२ रनको अर्धशतकीय इनिङ खेले। दोस्रो विकेटका लागि जिशान र जतिन्दरले १ सय रनको साझेदारी गरेका थिए ।

ओपनर कश्याप प्रजापति ६६ रनमा आउट भए । पहिलो विकेटका लागि कश्याप र जतिन्दरले १ सय २३ रनको शतकीय साझेदारी गरेका थिए ।

मलेसियाको तर्फबाट बलिङ गरेका मोहम्मद आमिरले ६ ओभरमा २६ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि माथिल्लो मुलपानी मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय २७ रन बनाएको थियो । मलेसियाका लागि विरनदीप सिंहले ९४ रन बनाएका थिए । उनी १ सय ४४ बलमा १३ चौका प्रहार गर्दै ९४ रनमा आउट भए । यस्तै, मोहम्मद स्याहादतले ५५, मोहम्मद आमिर २०, सैद अजिज १८ र मोहम्मद वाफिकले १९ रन बनाए ।

ओमानका जिशान मकसुदले ४ विकेट लिए भजे बिलाल खान र आयन खानले समान दुई दुई विकेट लिए ।