३ भाद्र २०८३, बुधबार
,
Latest
बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’ साइबर आक्रमणपछि ओपनएआइद्वारा उन्नत एआई विकासमा लगाम जाम्बियामा विपक्षीको ‘मनमानी’ गिरफ्तारी रोक्न संयुक्त राष्ट्रसङ्घको आग्रह बालश्रम सम्बन्धी विधेयक अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल छः श्रममन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिसी प्रिमियर कप: जतिन्दरको शतकमा ओमानको सानदार जित



अ+ अ-

काठमाडौं । एसिसी प्रिमियर कपमा ओपनर जतिन्दर सिंहको सानदार शतकमा ओमानले मलेसियालाई ८ विकेटले पराजित गरेको छ ।

मलेसियाले जितको लागि दिएको २ सय २८ रनको मध्यम विजयी लक्ष्य ओमानले ४१.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।

ओमानको जितमा जतिन्दर १ सय १ रनमा नटआउट रहे । उनले १ सय ११ बलमा १३ चौका र १ छक्का प्रहार गरे । कप्तान जिशान मकसुदले ५२ रनको अर्धशतकीय इनिङ खेले। दोस्रो विकेटका लागि जिशान र जतिन्दरले १ सय रनको साझेदारी गरेका थिए ।

ओपनर कश्याप प्रजापति ६६ रनमा आउट भए । पहिलो विकेटका लागि कश्याप र जतिन्दरले १ सय २३ रनको शतकीय साझेदारी गरेका थिए ।

मलेसियाको तर्फबाट बलिङ गरेका मोहम्मद आमिरले ६ ओभरमा २६ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि माथिल्लो मुलपानी मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय २७ रन बनाएको थियो । मलेसियाका लागि विरनदीप सिंहले ९४ रन बनाएका थिए । उनी १ सय ४४ बलमा १३ चौका प्रहार गर्दै ९४ रनमा आउट भए । यस्तै, मोहम्मद स्याहादतले ५५, मोहम्मद आमिर २०, सैद अजिज १८ र मोहम्मद वाफिकले १९ रन बनाए ।

ओमानका जिशान मकसुदले ४ विकेट लिए भजे बिलाल खान र आयन खानले समान दुई दुई विकेट लिए ।