२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी News Polar पूर्वाधार विकासमा लगानी बढाउन १ खर्ब अधिकृत पुँजीको कोष स्थापना गर्ने प्रस्ताव News Polar दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो News Polar इजरायलसँग उच्चस्तरीय भ्रमण अघि बढाउने र नेपाली श्रमिकको लागत घटाउने कर्णको प्रतिबद्धता News Polar आर्थिक र श्रम कूटनीतिलाई प्राथमिकता दिने सरु जोशीको प्रतिबद्धता News Polar दाताकेन्द्रित सोच त्यागेर राष्ट्रिय हितमा काम गर्न प्रस्तावित राजदूत जोशीलाई चौलागाईंको सुझाव News Polar जर्मनीका लागि प्रश्तावित राजदुत जोशीलाई सांसद पुनको प्रश्नः ‘विदेशमा रहेका नेपालीको मताधिकार र श्रम गन्तव्यको सुरक्षा कसरी हुन्छ ?’ News Polar जर्मनका लाकिग प्रश्तावित राजदुत जोशीसमक्ष एमाले सांसदहरूको प्रश्नः ‘श्रम शोषण र व्यापार घाटा न्युनिकरणको कार्ययोजना के छ ?’ News Polar जर्मनीसँग आर्थिक कूटनीति र श्रम सम्झौतालाई प्रभावकारी बनाउने सरु जोशीको प्रतिबद्धता News Polar सरकारका हरेक गतिविधि लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित हुनुपर्छः महासचिव पोखरेल News Polar प्रहरीको ‘स्वीप अपरेसन’ : ९८ जना पक्राउ News Polar सुनचाँदीको मूल्य क्रमशः घट्दै News Polar स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना News Polar अर्थमन्त्री वाग्ले विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन बैंकक जाँदै News Polar बडादशैँअघि नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित कांग्रेसको मतगणना तीव्र, आज २५ टोली परिचालन News Polar बुढीगण्डकी बाढी : धार्चेबाहेक सबै ठाउँमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा News Polar चितवनमा दुई जातका अङ्गुरको परीक्षण News Polar विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै News Polar खगेन्द्र प्रकरण: रास्वपाले छानबिन गर्ने , सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन News Polar पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

बडिमालिकाको घागरमा रहेको झोलुङ्गे पुल उच्च जोखिममा

बडिमालिकाको घागरमा रहेको झोलुङ्गे पुल उच्च जोखिममा
अ अ+ अ-

बाजुरा । लगातारको वर्षाका कारण बुढीगङ्गा नदीलगायत अन्य सहायक नदीमा पानीको बहाव बढेपछि जिल्लाका दर्जनौँ झोलुङ्गे पुल उच्च जोखिममा रहेका छन् । जिल्लाको बडिमालिका नगरपालिका–२ घागरमा रहेको झोलुङ्गे पुल उच्च जोखिममा रहेको छ । पुलमाथि पानी पुुग्ने र छेउछाउमा नदीले कटान गरेपछि पुलमा आवतजावत समस्या भएको छ ।

पुल जोखिममा परेपछि आवतजावतमा निकै समस्या भएको छ । गत वर्ष साउन २५ गते बुढीगङ्गामा आएको बाढीले चार वटा झोलुङ्गे पुल बगाएको थियो भने नदीमा रहेका दर्जनौँ पुल उच्च जोखिममा परेका थिए । जोखिममा बनेका पुललाई व्यवस्थापन तथा मर्मत नगर्दा वर्षा शुरु भएयता दर्जनौँ पुल बाढी र पहिरोको उच्च जोखिममा रहेको बडिमालिका–२ का वडाध्यक्ष डम्मर महतले बताउनुभयो ।

कर्णालीको पिलिचौरमा रहेको झोलुङ्गे पुल सधैँ वर्षाको समयमा जोखिम बन्ने गरेको छ । त्योसँगै कर्णाली नदीमा रहेका आधा दर्जन पुल जोखिममा छन् । बाजुराको उत्तरपूर्वी क्षेत्रका वाई र वाधु जोड्ने पुल, गोत्री साप्पाटा पुल, बाजुराको रुगिन र मुगु जोड्ने पुल तथा बाजुरा हुम्ला जोडने पुल जोखिममा रहेको स्वामीकार्तिक खापर गाँउपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीले जानकारी दिनुभएको छ । पुललाई छोप्ने गरी कर्णाली नदीको बहाव बढेपछि बाजुराका कर्णालीपारिका वाई, साप्पाटा, जुकोट क्षेत्रमा आवागमन प्रभावित भएको अध्यक्ष शाहीको भनाइ छ ।

अछाम र बाजुरा जोड्ने पुल, बाजुर्गाड, गुइगाड, कोर्दालीगाड, घटमुना, बाहुली खोला, पानीलाउला, दहकोट, मौरे, कोटिलाको दैयालगायतका नदीमा रहेका झोलुङ्गे पुल पनि जोखिममा बनेको स्थानीयवासीले बताएका छन् । अन्य विकल्प नभएपछि ज्यानै बाजी राखेर पुलमार्फत आवतजावत गर्नुपरेको बडिमालिका–२ का स्थानीयवासी करवीर नाथले बताउनुभयो ।

धेरै स्थानका पुल वर्षौँदेखि जोखिममा भए पनि कसैले वास्ता गरेको छैन । केही झोलुङ्गे पुलको दुवबैतिर बगाएर पुलनै बगाउने सम्भावना रहेको छ । सरकारले जोखिममा रहेका पुलमा आवतजावतसमेत बन्द नगर्दा झन् जोखिम बढेको छ । “अर्को विकल्प नभएपछि बाध्य भएर जोखिममा रहेका पुलबाटै आवतजावत गर्ने गरेका छौँ”, बडिमालिका–२ का डब्बले महतले भन्नुभयो । 

बाजुरामा झोलुङ्गे पुल उच्च जोखिममा रहेपछि स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले बताउनुभयो । केही स्थानमा रहेका पुलमा पानी सतह बढेको बेला आवतजावत नै बन्द गरिएको छ ।