२२ असार २०८३, सोमबार
,
Latest
ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पिडितले पाए रकम नृत्यदेवी र पद्मपाणि लोकेश्वरको प्राचीन मूर्ति नेपाल फिर्ता बाँकेमा तीन चक्ला वन, काठ उत्पादन बढ्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबिच भेटवार्ता फिल्डमै बसेर नेपालगञ्ज र सुर्खेत क्षेत्रको विद्युत समस्याको समाधान खोज ज्येष्ठ नागरिक–दिवा सेवा केन्द्रलाई थप व्यवस्थित गर्छौँ : मन्त्री वादी देउवा समूहले वीपी स्मृति दिवस छुट्टै मनाउने तनहुँका दुई स्थानीय तहको बजेट पारित बालबालिकालाई दण्ड होइन, सुधार, शिक्षा, सीप र सकारात्मक व्यवहार आवश्यक बैतडीमा घर भत्किँदा तीन जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्लाहीका बजारमा विषादीयुक्त आँप छयाप्छयाप्ती



अ+ अ-

सर्लाही । सर्लाहीका बजारहरुमा स्वास्थ्यका दृष्टिकोणले हानिकारक मानिने कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण भइरहेको छ । स्थानीय किसानहरुको बगैँचामा फलेको आँप असारको तेस्रो सातापछि मात्र पाक्ने भएपछि व्यापारीहरुले कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण गर्न शुरु गरेका हुन् ।

भारत तथा नेपालका विभिन्न स्थानमा रहेका फलफूलका गोदाममा कार्बाइड प्रयोग गरी पकाएका आँपहरु जिल्ला सदरमुकाम मलङ्गवासहित हरिपुर, बरथवा, वयलवास, हरिवन र लालबन्दीलगायतका बजारका साथै गाउँगाउँमा समेत विक्री वितरण भइरहेको स्थानीयवासी रमेश अधिकारीले बताउनुभयो ।

विषादी हालेर पकाइको आँपका कारण स्वास्थ्यमा जोखिम बढेको लालबन्दी नगरपालिका–६ का सुरेश बस्नेतले बताउनुभयो । उहाँका अनुसार विषादी हालेर पकाइएको आँप खाँदा उहाँको छोरो दुई-तीन दिनदेखि बिरामी परेको छ । नौ वर्षीय छोरो श्रीजलले झाडापखाला तथा बान्ता गरेको उहाँले बताउनुभयो ।

यसरी विभिन्न विषादी प्रयोग गरेर पकाइएको आँप स्वास्थ्यका लागि हानिकारक हुने भएकाले खान नहुने प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीका प्रमुख डा प्रगति राना मगरले बताउनुभयो । कार्बाइड प्रयोग गरिएको आँप खाँदा छालाको रोग, पेट दुख्ने, बान्ता हुनेलगायत स्वास्थ्य समस्या हुने भएकाले यस्तो आँप नखान डा रानाले सुझाव दिनुभयो । रासस