४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनावग्रस्त बन्यो विराटनगर, पदम लिम्बूको शवयात्रामा प्रहरी र प्रदर्शनकारीबीच झडप



अ+ अ-

काठमाडौँ । कोशी नाम खारेजी माग गर्दै आन्दोलनका क्रममा ज्यान गुमाएका पदम लिम्बूको शव यात्राका क्रममा विराटनगर तनावग्रस्त बनेको छ ।

चैत ५ गते मा विराटनगरमा घाइते भएका उनको चैत १० मा मृत्यु भएको थियो । सरकारले उनलाई सहिद घोषणा गरेपछि आज उनको अन्त्येष्टी गरिँदैछ ।

अन्त्येष्टी अघि उनको शव विराटनगरमा परिक्रमा गराउने क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो ।

रोडशेषमा ब्यारिकेड तोडे अघि बढ्न खोजेका आन्दोलनकारीलाई प्रहरीले रोक्न खोजेपछि झडप निम्तिएको हो । त्यसक्रममा प्रहरीले दर्जनौं राउन्ड अश्रुग्यास समेत प्रहार गरेको छ ।

प्रहरी र आन्दोलनकारीबीच अझै घम्साघम्सी चलिरहेको छ ।